Oct 02 2026 | २०८३, आश्विन १६ गते

चिसो बढेपछि कर्मारोङ गाउपालिकामा एक महिना विद्यालय बन्द

चिसो बढेपछि कर्मारोङ गाउपालिकामा एक महिना विद्यालय बन्द

  • 769
    SHARES

  • चिसो बढेपछि कर्मारोङ गाउपालिकामा एक महिना विद्यालय बन्द

    पुस, ११ गते मुगु । चिसो बढेपछि कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ। मुगु लिल्लाको उक्त गाउपालिकाले अत्यधिक जाडो बढेपछि र पठनपाठनमा अप्ठ्यारो भएको भन्दै पुस १५ देखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो।

    गाउँपालिकाभित्रका उच्च हिमाली बस्ती सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ, दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए। 

    जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले माथिल्लो करानमा पठनपाठन बन्द गरिएको अध्यक्ष लामाको भनाइ छ। पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिकाभित्र कार्यरत शिक्षक आफ्नो घरतर्फ लागेका छन्। 

     

    images
    बिहिवार, पौष १२ २०८००७:५८:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार