Jul 27 2026 | २०८३, श्रावण ११ गते

अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, नगार्जुन रामकोटलाई

अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, नगार्जुन रामकोटलाई

  • 1.7K
    SHARES

  • अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, नगार्जुन रामकोटलाई

    काठमाडौँ – कर्म ओपन स्काउट क्रु द्वारा आयोजित अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, रामकोटले जितेको छ । नेपाल स्काउट, बागमती प्रदेश अन्तर्गत संचालित कर्म ओपन स्काउट क्रु को आयोजनामा अन्नपूर्ण विनायक स्कुल, तीनकुनेमा भएको अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको पहिलो संस्करणको उपाधि माइलस्टोन स्काउट ट्रुप, रामकोटले प्राप्त गरेको हो ।

    IMG-2ad50e6d7976edf320bf765e750c0e97-V.jpg

    यसैगरी द्वितीय माइलस्टोन स्काउट ट्रुप, लगनखेल भएको छ भने तृतीय स्थान हात पार्न सफल कौस्तुभ स्काउट ट्रुप, पेप्सीकोला भएका छन् ।

    बिजेता स्काउटहरूलाइ ट्रफी, मेडल र प्रमाण पत्र पद्वारा पुरस्कृत गरिएको छ। यस उपत्यका व्यापी प्रतियोगितामा १० विद्यालयका ८० जान स्काउटहरूको सहभागिता रहेको थियो। हरेक बिद्यालयमा अन्तर टोली खाना पकाउने प्रतियोगिताका आयोजना गरि बिजेता टोलि हरु एक विषयवस्तुमा आधारित रही सहभागी भएकाे आयोजक कर्म ओपन स्काउट क्रु का रोवर लिडर तथा उक्त १० वटा बिद्यालयमा स्काउट प्रशिक्षक अजेय अधिकारी ज्यूले जानकारी दिनु भयाे ।

    IMG-2251de4f5e3c2a0c094f4e0afde5ec2b-V.jpg

    नेपाल स्काउट, बागमती प्रदेशका संयोजक शिवराम अर्याल ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय नागार्जुनका संयोजक शम्भु राज शर्मा ज्यु, जिरीका संयोजक तिर्थ बहादुर खड्का ज्यु, संखरापुरका संयोजक धर्म भक्त मल्ल ज्यु, ब्रेन हर्ट स्कूलका प्राचार्य तपस शर्मा ज्यु, अन्नपूर्ण विनायक स्कुलका प्राचार्य बि के शाह ज्यु तथा नेशनल प्याब्सन काठमाडौँका सह सचिब (माइलस्टाेन युथ इङ्लिश स्कुलका प्रधानाध्यापक )शिवराम गिरि ज्यु को आतिथ्यता रहेको थियो भने निर्णायकको भूमिकामा स्काउटर राम श्रेष्ठ ज्यु, स्काउटर रिजन तिवारी ज्यु, स्काउटर तिर्थ बहादुर खड्का ज्यु, स्काउटर धिरेन श्रेष्ठ ज्यु तथा सेफ किरण के सी ज्यु रहनु भएको थियो।

    कार्यक्रममा बिभिन्न बिद्यालयका सह प्राचार्य, संयोजक, प्रतिनिधी एवं अभिभावक, स्काउट प्रतिनिधी तथा शिक्षक/ शिक्षिका ज्युहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कर्म ओपन स्काउट क्रु , शुभयुग ओपन रोवर रेनजर क्रु तथा डैनामिक स्काउट युनिटका सदस्यहरु सम्मानित भएका छन्।

    IMG-72f1329f7cf43ff4adbaa869a4562274-V.jpg

    आयोजक कर्म ओपन स्काउट क्रु लाइ धन्यवाद र बधाई दिंदै यस्ता बिबिध किसिमका कार्यक्रमले स्काउट हरुमा आत्म बिश्वास बढाउने साथ साथै स्काउट भाई बहिनी हरुको बौद्धिक ,सामाजिक तथा नेतृत्व बिकास हुने भन्दै आगामी दिन हरुमा पनि यस्तै उत्कृष्ट कार्यक्रम आयोजना गर्न नेपाल स्काउट, बागमती प्रदेशका संयोजक शिवराम अर्याल ज्यु ले हौसला प्रदान गर्नु भएको छ ।

    रोवर लीडेर तथा स्काउट प्रशिक्षक अजेय अधिकारी ज्यूको नेतृत्वमा २०८० साल श्रवण १ गते देखि संचालन मा आएको कर्म ओपन स्काउट क्रु छोटो समएमा धेरै कार्यक्रम गर्न सफल तथा गुणस्तरीय स्काउट शिक्षा प्रधान गर्ने संस्थाको रुपमा चिनिन्छ।

     

    images
    आइतवार, पौष १५ २०८००७:२४:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार