बुधवार, पौष १८ २०८०
पुस, १८ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित गरेको छ । २०८० साल असोज ९ र १० गते लिइएको ग्रेडवृद्धि र २०८० असोज २२ देखि ऐ. २७ सम्म संचालित पुर्वाश्यक पाठ्यक्रमको बार्षिक परिक्षाको नतिजा चित्त नबुझी नियमानुसार पुन:योगको लागि निवेदन पेश गर्ने परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको हो ।
परीक्षा बोर्डले ग्रेड परिवर्तन भएका परीक्षार्थीहरुले परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्नुपर्ने बोर्ड जनाएको छ ।
