शुक्रवार, पौष २० २०८०
पुस, २० गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयको उपकुलपति नियुक्तिका लागि दर्खास्त आव्हान गरेको छ। विश्वबिद्यालयले एक सुचना जारी गर्दै बिश्वबिद्धालयको कुलपतिबाट रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि दर्खास्त आह्वान गरेको हो।
त्रिभुवन बिश्वबिद्धालयको ऐन २०४९ को दफा १८ को उपदफा (२) बमोजिम उमेदवार छनोट गरि सिफारिस समितिबाट स्वीकृत त्रिभुवन बिश्वबिद्धालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधी २०८० बमोजिम उमेदवार बमोजिम उम्मेदवार छनोटका लागि दरखास्त आह्वान गरेको छ ।
योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट पुस २९ गते भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र उक्त कार्यविधिको अनुसूचीमा रहेको दरखास्तको ढाँचामा दरखास्त पेस गर्नुपर्ने जनाएको छ । साथै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० र दरखास्तको ढाँचा सोही कार्यविधिमा रहेको साथै उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट https://www.moest.gov.np/ बाट डाउनलोड गर्न सकिनेछ ।
क) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ख) वैयक्तिक विवरण ३ प्रति,
ग) स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि,
घ) प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपि,
ङ) विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि
च) बढीमा ३००० शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र (Vision paper) तीन प्रति र बढीमा ५००० शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना (Professional Work) तीन प्रति । सोचपत्र र व्यावसायिक कार्ययोजना पृष्ठको एकातर्फ मात्र लेखेको÷टाइप गरेको हुनुपर्ने, पहिलो पृष्ठमा मात्र आफ्नो नाम लेखेर दस्तखत गर्नुपर्ने, अन्य पृष्ठमा आफूलाई चिनाउने नाम, कुनै चिन्ह वा सङ्केत गर्न नपाइने र छुट्टाछुट्टै सिलबन्दी गरी बुझाउनु पर्नेछ ।
