सोमवार, पौष २३ २०८०
पुस २२ गते काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले सुचना प्रकाशित भएको १५ दिन भित्र अर्थात माघ ७ गते भित्रसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र उक्त कार्यविधिको अनुसूचीमा रहेको दरखास्तको ढाँचामा दरखास्त पेस गर्नुपर्ने जनाएको छ ।
यसअघि उपकुलपति छनोट तथा सिफारिस समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । तर उक्त प्रावधानबारे विवाद भएपछि आइतबार प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएपछी बिज्ञापन रद्द भएको सूचना जारी गरिएको थियो ।
नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ भनिएको छ ।
बिस्तृत जानकारिको लागि लिङ्क https://moest.gov.np/ मा Click गर्नुस् ।
