सोमवार, पौष २३ २०८०
पुस, २३ काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेज (EIC/इआइसि) ले हरेक बर्ष संचालन गर्दै आएको खेलकुद कार्यक्रम - २०८० शुरु भएको छ। आइतबार एक कार्यक्रमका बिच 'Anual Sport Meet - 2080' उद्घाटन गरेको हो।

स्पोर्ट्स मिट - २०८० अन्तर्गतका खेलहरु आगामी पुस २८ गतेसम्म संचालन हुनेछन् । स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, क्रीकेट, भलिबल, बेडमेन्टिन, टेबलटेनिस, चेस खेलहरु खेलाइने खेल संयोजक तथा बिश्वबिद्धालय कार्यक्रम निर्देशक किशोर काफ्ले बताउनुभयो । खेल काठमाडौका विभिन्न स्पोर्ट मैदानहरुमा संचालन हुनेछन्।

संयोजक काफ्लेका अनुसार बास्केटबल, टेबलटेनिस, चेस खेलहरु कलेजमै संचालन हुनेछन भने भलिवल र क्रीकेट ल्याब्रटरी स्कुलको खेलमैदानमा संचालन हुनेछन। त्यस्तै फूटसल बाफल स्थित मेट्स फुटसल मैदानमा हुनेछ। खेलको रेफ्रीहरु भने सम्बन्धित खेलको एकेडमी संग सहकार्य गरेर ल्याइएको बताइएको छ।

स्पोर्ट्स मिटको उद्घाटनमा बोल्दै सिइओ हरिप्रसाद काफ्लेले खेलकुदले विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले विद्यार्थीहरुले खेलको नियम पालाना गर्दै अनुशासित भएर खेल्न सुझाव दिनुभयो। साथै कलेजका प्रशासन प्रमुख रामप्रसाद पौडेलले खेलाडीहरुलाई शुभकामना दिनुभयो। उहाँले खेल अनुशासन कायम गरेर खेल्न विद्यार्थीहरुलाई शुभकामना दिनुभयो।

स्पोर्ट्स मिट २०८० को उद्घाटन समारोह कार्यक्रममा कलेजका अध्यक्ष शंकर प्रसाद दुलाल, सिइओ हरिप्रसाद काफ्ले, प्रशासन प्रमुख रामप्रसाद पौडेल, क्याम्पस चिफ दिपक कुमार झा, बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठ, ब्यबस्थापन संकाय कोर्डिनेटर गोपाल प्रसाद दुलाल, एभरेस्ट इनोभेटिभ स्कुलका प्रिन्सिपल, भाइसप्रिन्सिपल लगाएत लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो।

खेलकुदको पुरस्कार बितरण भने कलेज क्यालेन्डर अनुरुप एक भब्य कार्यक्रमको बीच बितरण गरिने बताइएको छ।









