Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविको उपकुलपतिको उमेदवार बन्न दलको सदस्यता त्याग गर्नुपर्ने। (कार्यविधि सहित)

त्रिविको उपकुलपतिको उमेदवार बन्न दलको सदस्यता त्याग गर्नुपर्ने। (कार्यविधि सहित)

  • 993
    SHARES

  • पुस, २३ काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरिएको छ । यस सन्दर्भमा त्रिभुवन बिश्वबिद्धालयको उमेदवार बन्न राजनितिक दलको सदस्यता त्याग गर्नुपर्ने कार्यविधि सार्वजनिक भएको छ।

    विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८० अनुरुप बिश्वबिद्धालयको उपकुलपतिको उम्मेदवार बन्न दल त्याग्नु पर्ने भएको हो । 

    यसअघि त्रिविको उपकुलपति छनोटका लागि शुक्रबार सार्वजनिक गरिएको मापदण्डको सर्वत्र विरोध गरिएपछि मापदण्ड परिवर्तन गर्दै यस्तो कार्यविधि बनाइएको हो । कार्यविधिमा ‘दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको’ प्रावधान तय गरेको छ ।

    कार्यविधिले उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानून बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको,नेपाली नागरिक भएकाले आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

    यस्तो छ कार्यविधि 

    FB_IMG_1704700081375.jpgFB_IMG_1704700083471.jpgFB_IMG_1704700084816.jpgFB_IMG_1704700086216.jpgFB_IMG_1704700087636.jpgFB_IMG_1704700089099.jpgFB_IMG_1704700090532.jpg

    images
    सोमवार, पौष २३ २०८००२:१९:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार