Jul 27 2026 | २०८३, श्रावण ११ गते

गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय र धनगढी उप-महानगरपालिकाबिच सहमति

गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय र धनगढी उप-महानगरपालिकाबिच सहमति

  • 587
    SHARES

  • गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय र धनगढी उप-महानगरपालिकाबिच सहमति

    पुस, २४ काठमाडौ । गुणस्तरीय तथा समावेशी शिक्षाकोलागि काठमाण्डौ विश्वविद्यालय बिश्वबिद्धालय र धनगढी उप-महानगरपालिका बिच सहमती भएको छ। पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज स्कूल अफ एजुकेशन र धनगढी उप-महानगरपालिका बीच सहमति भएको हो ।

    काठमाण्डौ विश्वविद्यालय, स्कूल अफ एजुकेशनले सिपिइसि यूनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ। उक्त कार्यक्रमको शुरुवातमा सिपिइसि यूनिटले धनगढी उप-महानगरपालिका अन्तर्गतका विद्यालयहरुमा अध्ययन गरि आवश्यकता पहिचान गर्ने र उक्त आवश्यकता पहिचानको आधारमा आगामि पााच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरि लागू गरिने जनाइएको छ । कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालयहरु छनौट गरि ती विद्यालयहरुमा लागू गरिने र सम्झौता अवधिभरमा उप-महानगरपालिकाको सबै विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ ।

    यस कार्यक्रमबाट धनगढी उप-महानगरपालिकामा रहेको शिक्षाको चुनौती, अवस्थाको विश्लेषणका साथै आगामि पाँच बर्षका लागि कार्ययोजना तयार गरि उप-महानगरपालिकाको शिक्षामा हुने उपलब्धि तथा प्रभावहरुलाई समेटिने कुरामा दुवै संस्थाहरु विश्वस्त रहेको सम्झौतामा उल्लेख गरिएको छ ।

    सम्झौता पत्रमा काठमाण्डौ विश्वविद्यालयको तर्फबाट प्रा डा बालचन्द्र लुाईटेल, डीन, स्कूल अफ एजुकेशन र धनगढी उप-महानगरपालिका तर्फबाट श्री गोपाल बहादुर हमाल, प्रमुख, धनगढी उप-महानगरपालिका द्वयले हस्ताक्षर गरि कार्य अगाडि बढाउनका लागि पूर्णत दिइएको छ । सम्झौताको क्रममा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा लगायत स्कूल अफ एजुकेशनको विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार