Jul 27 2026 | २०८३, श्रावण ११ गते

गोकर्णेश्वर नगरपालिकाले गर्यो १६ सामुदायिक विद्यालयको स्तरोन्नति

गोकर्णेश्वर नगरपालिकाले गर्यो १६ सामुदायिक विद्यालयको स्तरोन्नति

  • 1.0K
    SHARES

  • गोकर्णेश्वर नगरपालिकाले गर्यो  १६ सामुदायिक विद्यालयको स्तरोन्नति

    काठमाडौं, गोकर्णेश्वर नगरपालिकाले  नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरेको छ  गरिएको बताएका छन् ।

     नगरपालिका प्रमुख प्रमुख सन्तोष चालिसेले वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा यो कुरा बताएका हुन् । 

    गुणस्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको चालिसेले बताए ।

    सोहि कार्यक्रममा नगरपालिकाका सल्लाहकार दीपक रिसालका अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागू गरिएकामा यसकोे प्रभाव राम्रो देखिएको उनले बताए । रिसालले भने नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुट्याएको बजेटको नतिजा देखिन थालेको बताए । 

    त्यसैगरी  वडा नं १ का अध्यक्ष राम मानन्धरले विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताए । त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

     

    images
    आइतवार, फाल्गुण २ २०७७०७:१२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार