बुधवार, पौष २५ २०८०
पुस, २५ गते काठमाडौ । निजि तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन काठमाडौं महानगरको आयोजनामा अन्तर विद्यालय यु १६ फुटसल प्रतियोगियाको आयोजना गर्ने भएको छ । आज बागमती स्कुलमा एक पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो ।
प्रतियोगितामा काठमाडौं महानगरभित्र रहेका विद्यालयका कुल ३२ वटा टिम सहभागी रहने प्याब्सन महानगर अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार खेल कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन्। साथै उक्त प्रतियोगिता लिग कम नक आउट हुने जानकारी दिनुभयो ।
प्रतियोगिता २७,२८ र २९ गते बागमती स्कुलको फुटसल मैदानमा आयोजना गरिने उल्लेख गरिएको छ । प्रतियोगितामा बिजेता विद्यार्थीहरुले नगद प्रमाणपत्र तथा मेडल हात पार्ने छन । साथै प्रथम द्वितीय तथा तृतिय हुने बिद्यालयले क्रमशः दस हजार, छ हजार र चार हजार नगद पुरस्कार हात पार्ने बताइएको छ।