Jul 27 2026 | २०८३, श्रावण ११ गते

निलकण्ठ नगरपालिका, धादिङ ।

शिक्षकले कक्षा कोठामा मोबाइल प्रयोग गर्न निषेध

शिक्षकले कक्षा कोठामा मोबाइल प्रयोग गर्न निषेध

  • 578
    SHARES

  • शिक्षकले कक्षा कोठामा मोबाइल प्रयोग गर्न निषेध

    पुस, २९ । धादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षाकोठामा मोवाइल प्रयोग गर्न निषेध गरेको छ।

    नगर शिक्षा शाखाले गत पुस २४ गते निर्देशनात्मक परिपत्र जारी गर्दै पालिका अन्तर्गतका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालय समयमा मोबाइल फोन नचलाउने व्यवस्था गर्न प्रधानाध्यापकलाई परिपत्र पठाएको हो।

    शिक्षकले खाजा खाने समयमा मात्र मोबाइल चलाउन पाउँछन्, त्यसबाहेक अरू समयमा प्रधानाध्यापकलाई मोबाइल बुझाउनुपर्ने प्ररिपत्रमा उल्लेख छ। मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने जनाइएको छ। 

    नगरपालिकाले विद्यालयमा कुनै पनि किसिमको पत्रु खाजा, सुतिजन्य पदार्थ र मंदिरा निषेध गर्ने जनाइएको छ। साथै बिद्यालय हाताभित्र हप्तामा विद्यार्थीहरु संग समन्वय गरेर कम्तिमा दुई पटक सरसफाइ गर्नुपर्ने जानकारी दिएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20240114-074541_Facebook.jpg

    images
    आइतवार, पौष २९ २०८००८:०३:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार