Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकहरुको विवरण अद्यावधि (रोस्टर) का लागि आवेदन माग

शिक्षकहरुको विवरण अद्यावधि (रोस्टर) का लागि आवेदन माग

  • 1.3K
    SHARES

  • शिक्षकहरुको विवरण अद्यावधि (रोस्टर) का लागि आवेदन माग

    माघ, २ गते काठमाडौ । राष्ट्रिय परिक्षा बोर्ड ले शिक्षकहरुको विवरण अध्यावधी (रोस्टर) का लागि आवेदन माग गरेको छ।

    परिक्षा नियन्त्रण कार्यलय कक्षा ११ र १२ को प्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण / संपरीक्षण, परीक्षा पर्यवेक्षण, प्रयोगात्मक परीक्षाको बाह्य परीक्षक प्रशिक्षक प्रशिक्षण आदि लगायत अन्य कार्यहरूमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण अद्यावधिक गर्न आवेदन माग गरेको हो ।

    कक्षा ११ र १२ मा अध्यापनरत इच्छुक शिक्षक/शिक्षिकाहरूले आफू सहभागी हुन चाहेको क्षेत्र, अध्यापनरत विषय, विशिष्टीकृत विषय र अध्यापन अनुभव वर्ष उल्लेख गरी नागरिकताको प्रतिलिपी एबं माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउन एवं सम्बन्धित बिद्यालय प्रधानाध्यापकले बोर्डको अनलाइन http://exam.neb.gov.np.8081 मा २०८० माघ मसान्तभित्र समावेस गरिसक्नुपर्ने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

     

    images
    मंगलवार, माघ २ २०८००७:५७:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार