मंगलवार, माघ २ २०८०
माघ, २ गते । ललितपुर महानगरपालिकाले सेवा करारमा भाषा सहजकर्ता /सह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
महानगरले एक सूचना प्रकाशन गर्दै महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयको लागि भाषा सहजकर्ता/सह–शिक्षक पदमा आवेदन मागेको हो ।
“खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारको माध्यमबाट पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ,” सूचनामा उल्लेख छ ।
