मंगलवार, माघ २ २०८०
माघ, २ गते । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बिपद्संग जुध्न विद्यालयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन्। भूकम्प दिवसको अवसरमा माहानगरले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो धारणा राखेकि हुन्।
उपप्रमुख डंगोलले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताइन्। विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने उनले बताइन।
साथै डंगोलले भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने र विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने धारणा राखिन्।
उनले भनिन, ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ। हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११ औँ नम्बरमा पर्छ। त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ भन्दै उपप्रमुख डंगोलले पूर्व तयारीलाई काठमाडौँ महानगरले प्राथमिकतामा राखेको छ। विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ उपप्रमुख डंगोलले भनिन् ।