मंगलवार, माघ २ २०८०
माघ, २ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेशको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ । आयोगले नेपाली, अङ्ग्रेजी र गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको हो ।
मिति २०८० पुस २२ देखि २५ गते सम्म सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहररूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा बागमती र गण्डकी प्रदेशको शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।
आयोगको आजको निर्णय अनुसार प्रकाशन गरिएको नतिजाको आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको बेवसाइट www.tsc.gov.np मा गई नतिजा प्रकाशित भएको मितिले सातदिनसम्म हेर्न सकिने नतिजामा उल्लेख छ ।






