Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्राचार्य नियुक्तिका लागि दर्खास्त आह्वान ।

प्राचार्य नियुक्तिका लागि दर्खास्त आह्वान ।

  • 537
    SHARES

  • प्राचार्य नियुक्तिका लागि दर्खास्त आह्वान ।

    माघ,३ गते काठमाडौं– नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। नेपाल पुलिस स्कुल गरुडा, रौतहट र घोराही दाङमा रिक्त रहेको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो। 

    इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुलाई १५ दिनभित्र अर्थात माघ १७ गते, सो दिन बिदा परे त्यसको भोलिपल्ट छनोटबोर्डको सचिवालय नेपाल प्रहरी प्रदान कार्यलय, कल्याण महाशाखा, स्कुल समन्वय डेस्क नक्सालमा दरखास्त पेस गर्न सक्नेछन । दर्खास्त फारम नेपाल प्रहरिको वेबसाईट www.nepalpolice.gov.np बाट डाउनलोड गर्ने सक्नेछन्।

    प्राचार्यका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता आवश्यक पर्ने बताइएको छ। साथै माध्यमिक तह वा सो सरहको पदमा कम्तीमा १० वर्ष प्राध्यापन गरेको वा माध्यमिक तहको विद्यालयमा प्राचार्यको रुपमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको वा विश्वविद्यालयमा उप–प्राध्यापक पदमा कम्तीमा ३ वर्ष कार्यरत रहेको हुनुपर्ने बोर्डले जनाएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20240117-100146_Facebook.jpg

     

    images
    बुधवार, माघ ३ २०८०१०:५२:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार