बुधवार, माघ ३ २०८०
माघ ३ गते काठमाडौ । काठमाडौ बर्नहार्ट कलेजले हरेक बर्ष संचालन गर्दै आएको बार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ। कलेजले माघ ३ गते मंगलबार एक कार्यक्रमका बिच 'Anual Sports Meet - 2080' उद्घाटन गरेको हो।

बर्नहार्ट कलेजले पढाइ संगसंगै खेल तथा अन्य अतिरिक्त क्रियाकलापहरुलाई समेत बिशेष महत्त्व दिने गरेको छ। काठमाडौ महानगर वडा नम्बर १४ बल्खुमा अवस्थित यस स्कुल/ कलेजले विद्यार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती लगाएत चौतर्फी बिकासको लागि हरेक बर्ष CCA तथा ECA कार्यक्रमहरु गर्दै आएको छ।

स्पोर्ट्स मिट - २०८० अन्तर्गतका खेलहरु आगामी माघ, ५ गते सम्म संचालन हुनेछन । भने एथलेटिक्स अन्तर्गतका सबै खेलहरु भने माघ २१ गतेको दिन हुनेछन। स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, बेडमेन्टिन, टेबलटेनिस, चेस, रनिङ (१ सय मिटर, २ सय मिटर, रिले १×४०० मिटर) सटफुट, लङ्जम्प, हाइजम्प, डोरितान्ने र एथलेटिक्स खेलहरु खेलाइने खेल संयोजक तथा ECA इन्चार्ज सुजन रेग्मिले बताए।

संयोजक संयोजक रेग्मिका अनुसार बास्केटबलमा, १६ वटा टिम बिज्ञान संकाय र १७ वटा टिम ब्यबस्थापन संकाय पढ्ने विद्यार्थीहरुको रहेका छन । त्यस्तै फूटसलमा १९ वटा बिज्ञान समुहको विद्यार्थीहरु र २२ वटा ब्यबस्थापन संकायका विद्यार्थीहरुको टिम रहेको छन् ।

स्पोर्ट्स मिटमा कक्षा ११ र १२ का करिब १२ सय विद्यार्थीहरु सहभागी रहेको काउन्सिलिङ इन्चार्ज (CI) तथा बिज्ञान समुहको इसिए प्रमुख संजय थापाले बताए। साथै खेलहरु कलेजकै बास्केटबल र फूटसल मैदानमा खेलाइने र एथलेटिक्स खेलहरु भने माघ २१ गते ल्याबरोटरी खेलमैदानमा खेलाइने काउन्सिलिङ इन्चार्ज थापाले बताए।

स्पोर्ट्स मिट २०८० को उद्घाटन कलेजका अध्यक्ष भुपेस छत्कुलीले विद्यार्थीहरुलाई बल हस्तान्तरण गरेर गर्नुभयो। उद्घाटन समारोहमा कलेजका कार्यकारी निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्राचार्य अमृत बाबू भट्ट लगाएत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
खेलकुदको पुरस्कार वितरण माघ २१ गते एथलेटिक्स खेलहरु पछि गरिने छ । साथै पुरस्कार अन्तर्गत ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने छन।




