Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै धनगढी उपमहानगर।

विद्यालयमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै धनगढी उपमहानगर।

  • 487
    SHARES

  • विद्यालयमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै धनगढी उपमहानगर।

    माघ, ६ गते, धनगढीः धनगढी उपमहानगरपालिकाले ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। धनगढी उपमहानगरपालिकाले गो ड्रिमर्ससंग साझेदारी गर्दै उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।

    ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालनका लागी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रवार समझदारी पत्रमा हस्ताक्षर गरे। उक्त समझदारी पत्रमा दुबै पक्षबिच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

    नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत छनौटमा परेका धनगढी–१२ मा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालय, जुगेडा र धनगढी–१८ मा रहेको श्री चन्द्रोदय माध्यमिक विद्यालय, फुलबारीमा उक्त कार्यक्रम लागु हुने बताइएको छ। नगरप्रमुख गोपाल हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताए।

    गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए। नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित भएको छ। भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँन चाहान्छौं,’ शाहीले भने।

     

    धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई क्रिकेटका आधारभूत कुराहरु सिकाउन, उनीहरुको क्षमता अभिवृद्धि गर्न, खेलप्रतिको लगाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह बताइएको छ । साथै  समझदारी अुनसार दुई विद्यालयमा क्रिकेटका आधारभूत संरचनाको विकास गर्दै क्रिकेट प्रशिक्षकको व्यवस्था गरि नियमित प्रशिक्षण दिलाइने उल्लेख छ।

    images
    शनिवार, माघ ६ २०८००७:३५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार