Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षाको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषदले राष्ट्रव्यापी शैक्षिक अभियान गर्ने

शिक्षाको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषदले राष्ट्रव्यापी शैक्षिक अभियान गर्ने

  • 489
    SHARES

  • शिक्षाको समग्र सुधारका लागि  प्राज्ञिक विद्यार्थी परिषदले राष्ट्रव्यापी शैक्षिक अभियान गर्ने

    माघ, ७ गते धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षाको समग्र सुधारका लागि ’राष्ट्रव्यापी शैक्षिक अभियान २०८० गर्ने भएको छ । परिषदको धनगडी नगर इकाइले शनिबार एक पत्रकार सम्मेलन गर्दै देशका ७७ वटै जिल्लामा कार्यरत स्वतन्त्र सामाजिक विद्यार्थी संगठन प्राज्ञिकले यहि माघ महिना भित्र विभिन्न कार्यक्रम गर्न लागेको बताइएको हो।

    विगत २९ वर्षदेखि शिक्षा क्षेत्रमा कार्य गर्दै आइरहेको प्राज्ञिकले देशको पूर्वीय दर्शनलाई आफ्नो वैचारिक अधिष्ठान मान्दै, आधुनिक विश्वपरिवेशका सकारात्मक र आवश्यक विषयमा ओकालत गर्दैआएको परिषद्ले बताएको छ । शिक्षाको समग्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियान २०८० माघ महिनाभरी देशभरका एकाइहरूमा विभिन्न रचनात्मक गतिविधिहरू गर्दै सम्पन्न गर्नलागेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर कमिटीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

    परिषदका अनुसार यसअघि ’राष्ट्रव्यापी शैक्षिक अभियान २०८० कालागी पौष पहिलो हप्तामा प्रत्यक्ष र अनलाइन फर्म मार्फत सर्वेक्षण गरिएको थियो ।

    माघ महिनाभर सञ्चालन हुने अभियानका लागी कलेज र विद्यालयस्तरमा अन्तरक्रिया, एवं बहसहरू गरिने र ७७ जिल्लामा एक साथ प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, शिक्षामन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइने प्राज्ञिक विद्यार्थि परिषदले विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    विश्वविद्यालय केन्द्र र केही प्रमुख क्याम्पसमा विद्यार्थी सुनुवाई कार्यक्रम गरिने,सबै प्रदेश केन्द्र र केहि प्रमुख केन्द्रमा एक साथ यानी एवं सम्बोधन समारोहको आयोजना गर्ने, देशभरका आंगिक र सामुदायिक क्याम्पसमा मांगपत्र दिवस मनाउने र सुधारका लागि सुझाव पेस गरिने विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै शिक्षा साहित्यिक कार्यक्रम, रचना बाचन आदि कार्यक्रमहरू गरिने,केही मुद्दालाई लिएर केन्द्रमा धर्ना दिने र अनसन बस्ने राष्ट्रव्यापी शैक्षिक अभियान संयोजन समितिले जनाएको छ ।

     

    images
    आइतवार, माघ ७ २०८००६:५६:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार