Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई परिक्षा आगामी चैत १५ देखि २७ सम्म

एसईई परिक्षा आगामी चैत १५ देखि २७ सम्म

  • 619
    SHARES

  • एसईई परिक्षा आगामी चैत १५ देखि २७ सम्म

    माघ, ७ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बताउनुभयो ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।  तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

    ती मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, कर्णालीबाट पुरुष १६ हजार २०० र महिला १६ हजार ३१८ र सुदुर पश्चिमबाट पुरुष २७ हजार ८०९ र महिला २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

    यो वर्षको परीक्षा नयाँ पाठ्यक्रम अनुसार सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषय न्एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।

    Screenshot_20240121-183024_Facebook.jpg

    images
    आइतवार, माघ ७ २०८००६:३७:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार