सोमवार, माघ ८ २०८०
माघ, ८ गते काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा (११ र १२) को नियमित तथा ग्रेड वृद्धि परिक्षाको आवेदन फारम खुला गरेको छ। बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि र कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन फाराम खुला गरको हो।
राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय /क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन गरिने परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्नका सूचना जारी गरिएको छ।
बोर्डले रजिस्ट्रेसन नम्बरका सुरुका दुई अड्क ७६ र ७७ भएका परीक्षार्थीहरूले अन्तिम एक पटकका लागि २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न र सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म बिलम्ब शुल्क सहित रकम बुझाई राष्ट्रिय परिक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ ।
साथै सम्बन्धित विद्यालय/क्याम्पसहरुले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर÷डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण सहित २०८० फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनु निर्देशन दिएको छ ।
लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार आन्तरिक/प्रयोगात्मक मुल्यांकनमा तोकिएको ग्रेड 'C' प्राप्त नभई बार्षिक परिक्षामा संङ्लग्न भएको विद्यार्थीको परीक्षा रद्द भएको हुदा बार्षिक परीक्षा संचालन हुनु पर्व नै आन्तरिक/प्रयोगात्मक अङ्क प्रविष्टी गरि Hard copy सहित बोर्डका सम्बन्धित कार्यलयहरुमा बुझाउन समेत सुचित गरेको छ। साथै गत वर्षा आन्तरिक मुल्यांकनको अंक छुट भएका ग्रेड वृद्धि परिक्षार्थिहरुको समेत अनिवार्य रुपमा अङ्क प्रविष्टी गरि पठाउन अनुरोध गरेको छ।

