Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई परीक्षा तालिका सार्वजनिक । (तालिका सहित)

एसईई परीक्षा तालिका सार्वजनिक । (तालिका सहित)

  • 1.4K
    SHARES

  • एसईई परीक्षा तालिका सार्वजनिक । (तालिका सहित)

    माघ, ८ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आगामी चैतमा १५ देखि २७ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्ष एसईईको परीक्षा तालिका आज सार्वजनिक गरेको हो।

    राष्ट्रिय परिक्षा बोर्डले माघ ७ गते आइतबार परीक्षा तालिकाका बारेमा निर्णय गरेको थियो ।

    परीक्षा तालिका अनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।  तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

    ती मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, कर्णालीबाट पुरुष १६ हजार २०० र महिला १६ हजार ३१८ र सुदुर पश्चिमबाट पुरुष २७ हजार ८०९ र महिला २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

    यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषय न्एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।

     

    यस्तो छ परिक्षा तलिका

    FB_IMG_1705898771355.jpgFB_IMG_1705898772923.jpg

    images
    सोमवार, माघ ८ २०८०१०:३४:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार