मंगलवार, माघ ९ २०८०
माघ, ९ गते काठमाडौ । एभरेस्ट इनोभेटिभ स्कुल (EIS) को स्पोर्ट्स मिट शुरु भएको छ। आज मंगलबार विद्यार्थीहरुले मार्चपास सहित एक भव्य कार्यक्रमका बिच 'Anual Sport Meet - 2080' उद्घाटन गरेको हो।

स्पोर्ट्स मिट - २०८० अन्तर्गतका खेलहरु ९, १० र ११ गते तीन दिनसम्म संचालन हुनेछन् । स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, बेडमेन्टिन, चेस, डोरीतन्ने, क्विज लगाएत विभिन्न खेलहरु खेलाइने खेल इसिए इन्चार्ज अनिल श्रेष्ठले बताए।
स्पोर्ट्स उद्घाटन समारोहमा विद्यार्थीहरुले कलात्मक मार्चपास गर्दै आफ्नो स्कुलको नाम EIS को लेखेका थिए । साथै विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुति दिएका थिए।

स्पोर्ट्स मिटको पुरस्कार बितरण भने आगामी फागुन २ गते अभिभावक दिवसको दिन बितरण गरिने EIC/EIS का सिइओ हरि प्रसाद काफ्लेले बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले विद्यार्थीहरुले खेलको नियम पालाना गर्दै अनुशासित भएर खेल्न सुझाव दिनुभयो।

कार्यक्रममा EIC/EIS का आर्थिक तथा प्रशासन प्रमुख रामप्रसाद पौडेलले खेलाडीहरुलाई शुभकामना दिनुभयो। उहाँले खेल अनुशासन कायम गरेर खेल्न विद्यार्थीहरुलाई शुभकामना दिनुभयो। उहाँले मानव जिवनमा शारिरिक ब्यायम तथा तन्दुरुस्तीका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनुभयो। साथै विद्यार्थीहरुलाइ हार जितको लागि भन्दापनी अनुशाशित ढंगले खेल्न सुझाव दिनुभयो।

स्पोर्ट्स मिट २०८० को उद्घाटन समारोह कार्यक्रममा EIC/EIS का अध्यक्ष शंकर प्रसाद दुलाल, CEO हरिप्रसाद काफ्ले, प्रशासन प्रमुख रामप्रसाद पौडेल, EIC क्याम्पस चिफ दिपक कुमार झा, स्कुल प्रिन्सिपल केबि चित्रकार, भाइस प्रिन्सिपल यान लिम्बु, बिश्वबिद्धालय कार्यक्रम प्रमुख किशोर काफ्ले लगाएत शिक्षक, कर्मचारी र स्थानिय अभिभावकहरुको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रमको संचालन स्कुलका भाइस प्रिन्सिपल यान लिम्बुले गर्नुभयो।




