मंगलवार, माघ १६ २०८०
माघ, १६ गते काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेसनल प्याब्सन /NPABSAN) काठमाडौंको आयोजनामा खेलकुद सप्ताह माघ १८ गतेदेखि हुने भएको छ । मंगलबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुको शारिरीक, मानसिक, सामाजिक एवं व्यवहारीक पक्षलाई खेलको माध्यमबाट विकास गर्न खेलकुद सप्ताहको आयोजना गरिएको बताइएको छ।
विद्यार्थीहरुको समग्र शिक्षण सिकाइका गतिविधिलाई जिवन र संस्कारसँग जोड्ने पवित्र उदेश्यले खेलकुद आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले बताउनुभयो। खेलकुद सप्ताहको पहिलो दिन माघ १८ गते टुँडिखेलमा सम्भव भए युवा तथा खेलकुद मन्त्री नभए नेपाल सरकारको कुनै पनि मन्त्रीको उपस्थितिमा ५० भन्दा बढी विद्यालयको करिब एक हजार छात्र-छात्राको मार्च पास र विभिन्न झाँकी सहित कार्यक्रम शभारम्भ हुने अध्यक्ष खडकाले जानकारी दिनुभयो ।
खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, टेबलटेनिस, एथलेटिक्स र टग अफ वार गरी ५ खेलमा प्रतिस्पर्धा हुने बताइएको छ।
खेल सप्ताहका खेलहरु टेबल टेनिस प्रतियोगिता माघ १९ र २० युर्निभर्सल सकेण्डरी स्कुल धुम्बराही, माघ २१ मा एथलेटिक्सका सबै खेलहरु एजिएम स्कुल सिनामंगल, माघ २२ र २३ गते फुटसल प्रतियोगिता दिक्षालय नेपाल कपन, माघ २४ र २५ बास्केटबल नेरिक एकेडेमी संखमुल मा सञ्चालन हुनेछन् ।
त्यस्तै कपनस्थित दीक्षालय नेपालमा हुने फुटसलमा ४० तथा शंखमूलस्थित नेरिक एकेडेमीमा हुने बास्केटबलमा २० टिमको सहभागिता रहने छ । एथलेटिक्स र टग अफ वार सिनामंगलस्थित एजीएम स्कुल तथा टेबलटेनिस धुम्बाराहीस्थित युनिभर्सल स्कुलमा खेलाइने छ । एथलेटिक्समा ६ तथा टेबलटेनिसमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
खेलकुद सप्ताहमा हुने खेलहरुको संयोजन टेबल टेनिस खेलको महानगर अध्यक्ष बिजय खरेल, एथलेटिक्सको काठमाडौ जिल्लाको निवर्तमान बरिष्ठ उपाध्यक्ष श्याम योञ्जन, फुटसलको संयोजन जिल्ला समिति काठमाडौका सदस्य नारायण पोख्रेल त्यसैगरी बास्केटबलको संयोजन जिल्ला सदस्य मिलन कँडेलले गर्नु भएको छ ।
खेलकुद सप्ताहको अन्तिम दिन माघ २६ गते बिजेता सबै खेलका खेलाडी छात्र-छात्रालाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका उपाध्यक्ष प्रेमकुमार भुजेल बताए । साथै, उपाध्यक्ष भुजेलले अतिरिक्त क्रियाकलापको सन्देश देशभरका नेशनल प्याब्सनमा जाओस् भन्ने आफूले चाहेको बताए ।
कक्षा १० का विद्यार्थीहरुको परीक्षा चलिरहेको कारण उक्त खेलहरुमा कक्षा ९ सम्मका खेलाडीहरुले भाग लिन पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। साथै खेलकुद सप्ताहमा विभिन्न विद्यामा भाग लिने खेलाडीहरुलाई पुरस्कृत गरिने बताइएको छ ।
नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका सचिव रामबाबु सेढाईँले कार्यक्रम सञ्चालन गरेका थिए ।