Jul 27 2026 | २०८३, श्रावण ११ गते

मावि शिक्षकका लागि मागभन्दा ९९ गुणा अर्थात ४३ हजार ८८८ जनाको उम्मेद्बारी।

मावि शिक्षकका लागि मागभन्दा ९९ गुणा अर्थात ४३ हजार ८८८ जनाको उम्मेद्बारी।

  • 680
    SHARES

  • मावि शिक्षकका लागि मागभन्दा ९९ गुणा अर्थात ४३ हजार ८८८ जनाको उम्मेद्बारी।

    माघ, १७ गते काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि ४३ हजार ८८८ जना उमेदवारले आवेदन दिएका छन।

    यो संख्या गत पुस ८ गते माग गरेको विज्ञापनमा कुल  ४४२ (संशोधन सहित) रिक्त दरबन्दीका लागि खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि माग गरिएको दरबन्दी संख्या भन्दा ९९.२९ प्रतिशत बढी हो।

    आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३६ रिक्त पदका लागि विज्ञापन गरेको थियो ।

    साथै गण्डकी प्रदेशमा विभिन्न विषयका लागि ६ पद थप गरेको गरेको थियो। जसमध्ये आयोगले साविकका पदमा नेपाली विषयका लागि १, अङ्ग्रेजीका लागि १, गणितका लागि १, विज्ञानका लागि १, सामाजिक लागि १, कार्यालय सञ्चालन तथा लेखाका लागि १ पद थप गरि बाँकी अन्य प्रदेश र विषयहरुको हकमा यथावत गरेको थियो।

    शिक्षक सेवा आयोगका आयोगका सूचना अधिकारी कृष्ण प्रसाद ढुंगानाका अनुसार आज बिहान ११ बजे सम्म परीक्षामा सहभागी हुनका लागि ४२ हजार ६४३ जना उम्मेद्वारले राजस्व तिरिसकेका छन् भने आवेदन दिएर राजस्व समयमा नबुझाउने उम्मेद्वार परीक्षामा सहभागी हुन पाउँदैन ।

    यसअघि आयोगले नियमित दस्तुरमा माघ ८ गते सम्म र दोब्बर दस्तुर लिएर गत माघ १५ गते सम्म आवेदन लिएको थियो। 

    आयोगले जारी गरेको विज्ञापनको सामान्य परीक्षा चैत्र ३ गते दिउसो १ बजे सञ्चालन गर्ने छ ।

     

    images
    बुधवार, माघ १७ २०८००८:२८:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार