Jul 27 2026 | २०८३, श्रावण ११ गते

केन्द्रको दरबन्दी विवरण प्राप्त हुने बित्तिकै निमाविको विज्ञापन हुने ।

केन्द्रको दरबन्दी विवरण प्राप्त हुने बित्तिकै निमाविको विज्ञापन हुने ।

  • 512
    SHARES

  • केन्द्रको दरबन्दी विवरण प्राप्त हुने बित्तिकै निमाविको विज्ञापन हुने ।

    माघ, १८ काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निम्न माध्यमिक तहको दरबन्दी विवरण प्राप्त हुने बित्तिकै तृतीय श्रेणीका शिक्षक छनोटका लागि विज्ञापन गर्ने तयारीमा गरेको छ।

    आयोगले विज्ञापनका सम्पूर्ण काम सकेर तयारी अवस्थामा रहेको भए पनि केन्द्रबाट रिक्त दरबनदी विवरण सिफारिस नभएको हुँदा विज्ञापनका लागि कुर्नु परेको आयोगले जनाएको छ ।

    केन्द्रले यस अघि सार्वजनिक गरेको विवरणमा निमाविको रिक्त दरबन्दी नेपालीमा ११३, अङ्ग्रेजीमा १६४, गणितमा १३८, गणित विज्ञानमा ४०, विज्ञानमा १६९, ऐच्छिक प्रथममा १ दरबन्दी गरी जम्मा ७४४ पद रिक्त रहेको विवरण सार्वजनिक गरेको थियो ।

    केन्द्रले प्रत्येक दिन सेवा निवृत्त हुने शिक्षकको संख्या फरक पर्ने हुँदा रिक्त दरबन्दी विवरण संशोधन भएर आइरहेको हुँदा एक दुईदिन रिक्त दरबन्दी विवरण आयोगमा पठाउन ढिला भएको बताइएको छ । केन्द्रले केहि दिन भित्र दरबन्दी विवरण सहित विज्ञापनका लागि सिफारिस तयारी गरेको छ।

    त्यसैगरी शिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट परीक्षाको नतिजा माघ अन्तिम साता सार्वजनिक गर्ने गरी काम गरिरहेको छ । प्राविधिक कठिनाइ नभएमा माघ अन्तिम साता नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ ।

    आयोगले प्राविको विषयगत परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर, सम्परीक्षण, डाटा इन्ट्री सकेर रुजु गरिसकेको आयोगले जानकारी दियो । 

    images
    बिहिवार, माघ १८ २०८००८:२८:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार