Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेसनल प्याब्सन काठमाडौको खेलकुद सप्ताह शुरु ।

नेसनल प्याब्सन काठमाडौको खेलकुद सप्ताह शुरु ।

  • 817
    SHARES

  • नेसनल प्याब्सन काठमाडौको खेलकुद सप्ताह  शुरु ।

    माघ, १८ गते काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौंले आयोजना गर्दै आएको खेलकुद सप्ताह कार्यक्रम शुरु भएको छ । काठमाडौको टुडिखेलमा भब्य मार्चपास सहित खेलकुद सप्ताह- २०८० उद्घाटन भएको हो।

    20210424191348_IMG_1505.JPG

    उद्घाटन समारोहमा प्रमुख अतिथि बागमती प्रदेश अन्तर्गत बन तथा बाताबरण मन्त्री मसिना खड्का भन्डारी रहनुभयो। कार्यक्रममा नेशनल प्याब्शनका अध्यक्ष सुवास न्यौपाने, पुर्व अध्यक्ष कर्ण बहादुर शाहि, उपाध्यक्ष शम्भु अधिकारी, डम्मर कार्की, महासचिव पारसमणी दाहाल, उपमहासचिव प्रकाश चन्द्र खडका, सचीव बिष्णु खड्का, केन्द्रिय सदस्य मनोज श्रेष्ठ बिशेष अतिथी र प्रदेश अध्यक्ष, लागायत विभिन्न जिल्ला र नगरपालिकाका पराधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

    20210424202524_IMG_1606.JPG

    खेलकुद सप्ताहको उद्घाटन समारोहको सभापति काठमाडौ जिल्ल अध्यक्ष अमृत कुमार खड्का रहनुभयो। उक्त कार्यक्रममा संगठनका उपाध्यक्ष मनोज कुमार भुजेलले स्वागत मन्तव्य दिनुभयो।

    20210424195425_IMG_1546.JPG

    खेलकुद सप्ताह उद्घाटन समारोहमा बोल्दै नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यार्थीहरुको शारिरीक, मानसिक, सामाजिक एवं व्यवहारीक पक्षलाई खेलको माध्यमबाट विकास गर्न खेलकुद सप्ताहले सहयोग गर्ने बताउनुभयो। विद्यार्थीहरुको सर्बाङ्गिण बिकासको लागी खेल अति आवश्यक रहेको भन्दै अध्यक्ष न्यौपानेले खेल अनुशासनलाई कायम राख्दै खेल्न विद्यार्थीहरुलाई शुभकामना दिनुभयो।

    20210424202904_IMG_1609.JPG

    त्यसैगरी उद्घाटन समारोहको प्रमुख अतिथि तथा बागमती प्रदेश अन्तर्गत बन तथा बाताबरण मन्त्री मसिना खड्का भण्डारिले खेल जिवनमा अति आवस्यक भएकोले खेलकुदले स्वस्थ्य मस्तिष्क र स्वस्थ्य शरीर निर्माणमा मद्दत मिल्ने बताउनुभयो । साथै मन्त्री भण्डारीले विद्यार्थीहरुलाई अनुशासन पुर्वक खेल्न सुझाव दिनुभयो।

    20210424210639_IMG_1736.JPG

    खेल उद्घाटन समारोहमा विद्यार्थीहरुले मार्चपास प्रदर्सन गरेका थिए। मार्चपासमा ३३ वटा स्कुलका एक हजार भन्दा बढी विद्यार्थी सहभागि भएको र जसमध्ये बेस्ट ग्रुप भिजन ९६.७५ अंकसाथ पहिलो भयो । ९५.५ अंकसाथ महाकवी देवकोटा मेमोरियल स्कुल दोस्रो र ९२.५ अंकसाथ काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट तेस्रो भए । मार्चपासमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुले ट्रफी प्राप्त गरे।

    20210424210543_IMG_1730.JPG

    खेलकुद सप्ताह कार्यक्रमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।

    उद्घाटन समारोहको समापनमा बोल्दै काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले विद्यार्थीहरुको समग्र शिक्षण सिकाइका गतिविधिलाई जिवन र संस्कारसँग जोड्ने पवित्र उदेश्यले खेलकुद आयोजना बताउनुभयो।

    20210424210918_IMG_1747.JPG

    खेलकुद सप्ताह उद्घाटन समारोघका ३३ वटा बिद्यालयका एक हजार भन्दा बढी विद्यार्थीहरुको सहभागी रहेको थियो। भने उद्घाटन समारोह कार्यक्रम नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका सचिव रामबाबु सेढाईँले सञ्चालन गर्नुभएको थियो।

    20210424210827_IMG_1743.JPG

    खेलकुद सप्ताहमा ब्वाइज फुटसल, ब्वाइज बास्केटबल, टेबलटेनिस, एथलेटिक्स र टग अफ वार गरी ५ खेलमा प्रतिस्पर्धा हुने बताइएको छ।

    खेल सप्ताहका खेलहरु टेबल टेनिस प्रतियोगिता माघ १९ र २० युर्निभर्सल सकेण्डरी स्कुल धुम्बराही, माघ २१ मा एथलेटिक्सका सबै खेलहरु एजिएम स्कुल सिनामंगल, माघ २२ र २३ गते फुटसल प्रतियोगिता दिक्षालय नेपाल कपन, माघ २४ र २५ बास्केटबल नेरिक एकेडेमी संखमुल मा सञ्चालन हुनेछन् ।

    20210424203547_IMG_1628.JPG

    त्यस्तै कपनस्थित दीक्षालय नेपालमा हुने फुटसलमा ४० तथा शंखमूलस्थित नेरिक एकेडेमीमा हुने बास्केटबलमा २० टिमको सहभागिता रहने छ । एथलेटिक्स र टग अफ वार सिनामंगलस्थित एजीएम स्कुल तथा टेबलटेनिस धुम्बाराहीस्थित युनिभर्सल स्कुलमा खेलाइने छ । एथलेटिक्समा ६ तथा टेबलटेनिसमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

    20210424203132_IMG_1614.JPG

    खेलकुद सप्ताहमा हुने खेलहरुको संयोजन टेबल टेनिस खेलको महानगर अध्यक्ष बिजय खरेल, एथलेटिक्सको काठमाडौ जिल्लाको निवर्तमान बरिष्ठ उपाध्यक्ष श्याम योञ्जन, फुटसलको संयोजन जिल्ला समिति काठमाडौका सदस्य नारायण पोख्रेल त्यसैगरी बास्केटबलको संयोजन जिल्ला सदस्य मिलन कँडेलले गर्नु भएको छ ।

    खेलकुद सप्ताहको अन्तिम दिन माघ २६ गते बिजेता सबै खेलका खेलाडी छात्र-छात्रालाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बताइएको छ।

    20210424204045_IMG_1645.JPG20210424203547_IMG_1628.JPG20210424204128_IMG_1651.JPG20210424210537_IMG_1729.JPG20210424200416_IMG_1562.JPG20210424203526_IMG_1626.JPG20210424203256_IMG_1621.JPG20210424204510_IMG_1688.JPG20210424203726_IMG_1637.JPG20210424204106_IMG_1648.JPG20210424203659_IMG_1636.JPG20210424203305_IMG_1622.JPG20210424203150_IMG_1616.JPG

     

    images
    बिहिवार, माघ १८ २०८०१०:५१:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार