Jul 27 2026 | २०८३, श्रावण ११ गते

पिपल्स एकेडमीले गर्यो साइन्स, आर्ट एन्ड क्राफ्ट एक्जुवेशन आयोजना।

पिपल्स एकेडमीले गर्यो साइन्स, आर्ट एन्ड क्राफ्ट एक्जुवेशन आयोजना।

  • 798
    SHARES

  • पिपल्स एकेडमीले गर्यो साइन्स, आर्ट एन्ड क्राफ्ट एक्जुवेशन आयोजना।

    माघ, २० गते शनिबार । काठमाडौको पिपल्स एकेडमिले साइन्स, आर्ट एन्ड क्राफ्ट एक्जुवेसन - २०८० (Science Art and craft Exhibition :2080) आयोजना गरेको छ। नागार्जुन नगरपालिका वडा नम्बर ४ सोल्टिदोबाटो, सितापाईलामा अवस्थित एकेडमिले साइन्स, आर्ट एन्ड क्राफ्ट एक्जुवेसन आयोजना गरेको हो।

    20210425204444_IMG_1963.JPG

    एक्जुवेसनमा नर्षरी देखि कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरुले बनाएको विभिन्न प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो। उनिहरुले सहज रुपमा प्राप्त हुने कागज, काठ, मेटलहरुको प्रयोग गरेर विभिन्न रंगिन प्रोजेक्टहरु निर्माण गरेका थिए ।

    20210425204500_IMG_1964.JPG

    प्रदर्शनी हेर्न अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो भने अवलोकन गर्न आउने अभिभावकलाई विद्यार्थीहरुले आफै बनाएको प्रोजेक्टको बारे ब्याख्या गरिरहेका देखिन्थे। साथै आफ्नो बालबालिकाले बनाएको प्रोजेक्टहरुको अवलोकन गर्दा विद्यार्थी तथा अभिभावक सबै खुशी देखिन्थे।

    20210425204707_IMG_1970.JPG

    एक्जुवेशन कार्यक्रमले विद्यार्थीहरुको रचनात्मक क्षेमताको अभिबृद्धी गर्न सघाउ पुर्‍याउने स्कुलका प्राचार्य रामबाबु सेढाईले बताउनुभयो । एक्जुवेशन कार्यक्रमले विद्यार्थीहरुले कक्षाकोठामा सिकेका ज्ञान, सिपल, र कला प्रदर्शन (एक्स्पोज) गर्न सघाउ पुर्‍याउने उहाँले बताउनुभयो।

     

    images
    शनिवार, माघ २० २०८००९:०५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार