सोमवार, माघ २२ २०८०
माघ, २२ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ। आयोगले पाँचथर, सुनसरी, सिराहा र दैलेख जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको प्रावीको नतिजा अनुरुप सिरहामा माग ११५, उत्तीर्ण १०० पाँचथर :- माग १७३, उत्तीर्ण १५४ सुनसरी :- माग ६०, उत्तीर्ण ४४ दैलेख :- माग ८२, उत्तीर्ण १०१ जाना परिक्षार्थी उत्तीर्ण भएका छन्।
लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० माघ २९ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सकिने जानकारी दिएको छ।
आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २०, २१ र २२ गते गर्ने भएको छ ।
नतिजा हेर्न आयोगको वेबसाईट www.tsc.gov.np मा गएर हेर्म सकिने छ।














