मंगलवार, माघ २३ २०८०
माघ, २३ गते काठमाडौ । पुर्वाञ्चल बिश्वबिद्यालयको उपकुलपति पदका लागि दर्खास्त आह्वान गरेको छ। बिश्वबिद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिद्वारा दर्खास्त आव्हान गरेको हो।
पुर्वाञ्चल बिश्वबिद्धालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० बमोजिम दर्खास्त आह्वान गरिएको सुचनामा उल्लेख छ।
इच्छुक तथा योग्य ब्यक्तिले नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयको वेबसाईट www.moest.gov.np मा रहेको कार्यविधिमा उल्लेखित कागजात सहित अनुसूची रहेको दर्खास्त ढाँचामा यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा कार्यलय समय भित्र पेश गर्न सूचनामा उल्लेख छ।
स्रोतका अनुसार छनोट समितिमा शिक्षामन्त्री संयोजक तथा सदस्य राष्ट्रिय योजना आयोगका अध्यक्ष रमेशचन्द्र पौडेल र सदस्य शिक्षा सचिव सुरेश अधिकारी रहेको बताइएको छ।

