मंगलवार, माघ २३ २०८०
माघ, २३ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको आज बसेको बैठकले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० फागुन १ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सकिने जानकारी दिएको छ।
आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २०, २१ र २२ गते गर्ने भएको छ ।















