बुधवार, माघ २४ २०८०
माघ, २४ कैलाली । धनगढी उपमहानगरपालिकाले नमुना बिद्यालय निर्माण र गुणस्तर सुधारका लागि सम्झौता गरेको छ। उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार उपमहानगर र टिच फर नेपाल (Teach For Nepal) बिच आझ माघ २४ गते सम्झौता भएको हो।
धनगढी उप-महानगरपालिका र Teach For Nepal बिच धनगढीका ५ वटा नमूना विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधार लागि कार्य गर्न आज धनगढी उप-महानगरपालिकाबाट नगर प्रमुख हमाल र Teach For Nepal को तर्फबाट संस्थाकी CEO स्वस्तिका श्रेष्ठ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको मेयर गोपाल हमालले जानकारी दिए।

धनगढी उपमहानगरपालिका भित्रका ठेकराज माबी वडा नम्बर ११, सिद्धनाथ माबी-१२, चन्द्रोदय माबी-१८, बेहडाबाबा माबी-१६ र भवानी माबी वडा नम्बर ९ मा उक्त कार्यक्रम लागू गरिने छ।
