Oct 02 2026 | २०८३, आश्विन १६ गते

काठमाडौ बर्नहार्ट स्कुलले गर्यो अभिभावक भेला

काठमाडौ बर्नहार्ट स्कुलले गर्यो अभिभावक भेला

  • 985
    SHARES

  • काठमाडौ बर्नहार्ट स्कुलले गर्यो अभिभावक भेला

    माघ, २८ गते काठमाडौ । काठमाडौ बर्नहार्ट माध्यामिक बिद्यालयले अभिभावक भेला आयोजना गरेको छ। शनिवार विद्यार्थीहरुको बिशेष प्रस्तुति सहित एक भव्य कार्यक्रमका बिच अभिभावक भेला आयोजना गरेको हो।

    IMG-20240211-WA0004.jpg

    भेलामा प्रमुख अतिथिको रुपमा काठमाडौ महानगरपालिका वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ रहनुभयो। साथै काठमाडौ बर्नहार्टका अध्यक्ष भुपेश छत्कुली, कार्यकारी निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्रिन्सिपल अमृत बाबू भट्ट, आर्थिक प्रमुख राम थापा, लगाएत शिक्षक कर्मचारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

    IMG-20240211-WA0001.jpg

    अभिभावक भेलामा बोल्दै वडा अध्यक्ष सुमन श्रेष्ठले शिक्षा संगसंगै सीप र संस्कार सिकाउन जोड्नुपर्ने बताउनुभयो। उहाँले शैक्षिक गुणस्तरमा काठमाडौ बर्नहार्टको आफ्नै स्थान रहेको भन्दै गुणस्तरमा अझै बढी ध्यान दिन सुझाव दिनुभयो। साथै बालबालिकाहरुलाई अनावश्यक दबाब नदिने कुरामा बिद्यालयले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो।

    FB_IMG_1707576168914.jpg

    कतिपय बिद्यालयहरुले बिशुद्ध नाफा मात्रै कमाउन लागेको भन्दै उहाँले भौतिक संरचना देखाउने, सुइमिङ पुल समेत बनाएको देखाएर महंगो शुल्क अशुल्ने देखि अभिभावकहरु सतर्क रहनुपर्ने बताउनुभयो। त्यस मामुलामा काठमाडौ बर्नहार्ट नमुनाको रुपमा रहेको धारणा व्यक्त गर्नुभयो।

    बर्नाहर्ट स्कुल बालबालिकाकेन्द्रित, र सिपमुलक शिक्षण सिकाई क्रियाकलाप तथा नैतिक शिक्षा पढाईरहेको सुन्दा खुसी लाग्ने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

    कार्यक्रममा काठमाडौ बर्नहार्ट स्कुल/ कलेजका प्रिन्सिपल अमृत बाबू भट्टले बालबालिकाहरुको उमेर, रुचि, चाहना, क्षमता, पृष्ठभूमि आदि सम्पूर्ण पक्षहरुलाई ध्यानमा राखि सिक्ने सिकाउने वातावरण तयार गरेको बताउनुभयो।

    IMG-20240211-WA0003.jpg

    उहाँले बालबालिकाको सर्बाङ्गिण बिकासमा बिशेष ध्यान दिएको भन्दै बालबालिकाको ब्याक्तित्व बिकासको लागि बालकेन्द्रित शिक्षण सिकाई, बालमैत्री भौतिक संरचना, (कक्षाकोठा, बेन्च,) र त्यो अनुरुक शिक्षकहरुको ब्यबस्थापन गरेको बताउनुभयो। साथै आफ्नो बालबालिकाहरुलाई अभिभावकहरुले समय दिन र उनिहरुको गतिविधि नियाल्न समेत सुझाव दिनुभयो।

    कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्य, गायन, प्रहसनहरुको प्रस्तुति दिएका थिए। आफ्नो बालबालिकाहरुको सांस्कृतिक नृत्य गायनहरु प्रत्यक्ष हेर्न र सुन्न पाउँदा अभिभावकहरु ज्यादैनै खुसी खेखिन्थे।

    IMG-20240211-WA0012.jpgIMG-20240211-WA0013.jpgFB_IMG_1707576177291.jpg

     

    images
    आइतवार, माघ २८ २०८००९:५३:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार