आइतवार, माघ २८ २०८०
माघ, २८ गते । काठमाडौको नयाँ बजारमा अवस्थित मनास्लु पब्लिक स्कुलको २३औं. बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। २०५८ सालमा स्थापित यस संस्थाले माघ २७ गते एक भब्य कार्यक्रमका बिच २३औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न गरेको हो।

बार्षिक उत्सवको उद्घाटन समारोहमा कलेजका अध्यक्ष तथा राष्ट्रपतिबाट सम्मानित ब्याक्तित्व, Commercial Inmortamt person (CIP) एवं सफल युवा उद्धमी हरि प्रसाद भट्टको सभापति रहनुभयो। त्यस्तै नेपाल सरकारका पुर्व सचिव, भाषा आयोगका पुर्व अध्यक्ष तथा सुदूरपश्चिम बिश्वबिद्धालय सेवा आयोगका सदस्य लवदेब अवस्थि प्रुख अतिथि रहनुभयो। साथै स्कुलका प्रमुख कार्यकारी अधिकृत नरेश प्रसाद श्रेष्ठ, संस्थापक कार्यकारी अधिकृत जेब दवाडी, प्रिन्सिपल सुजिता शाक्य, लगाएत कोर्डिनेटर, भिभागिय प्रमुख तथा शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो।

बार्षिक उत्सवमा बोल्दै संस्थाका अध्यक्ष हरिप्रसाद भट्टले सीप, संस्कार र नैतिक सहितको शिक्षाको लागि आगामी दशक भरपुर मिहिनेत गर्ने बताउनुभयो। बालबालिकाहरु खेल्दै - सिक्दै बाताबरण निर्माण गर्न सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षामा केन्द्रीत रहेर उनिहरुको सर्बाङ्गिण बिकासको लागी काम गर्ने बताउनुभयो।
अब कक्षा भित्रको पाठ्यक्रमले मात्रै नपुग्ने बरु बालबालिकाहरुलाई कक्षा बाहिरपनि खेल, सीप, प्रबिधि र उनिहरुको सिर्जना संग रमाएर पढाउनुपर्ने र त्यसको लागि मनास्लुले तैयारी गरिरहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख तिथि लवदेब अवस्थिले मनास्लुको आफ्नै भौतिक संरचना साथै बालबालिका मैत्री शिक्षण पद्धति तथा त्यो अनुरुपका कक्षाकोठा देखेर खुसि ब्यक्त गर्नुभयो। उहाँले आधुनिक युग संगै हाम्रो सस्कार र संस्कृति झल्काउने शिक्षा दिन मनास्लु परिवारलाई सुझाव समेत दिनुभयो।
कार्यक्रममा स्कुलका संस्थापक कार्यकारी निर्देशक जेबि दवाडिले बालबालिकाहरुको उमेर, रुचि, चाहना, क्षमता, पृष्ठभूमि आदि सम्पूर्ण पक्षहरुलाई ध्यानमा राखि सिक्ने सिकाउने वातावरण तयार गरेको बताउनुभयो।

उहाँले बालबालिकाको सर्बाङ्गिण बिकासमा बिशेष ध्यान दिएको भन्दै बालबालिकाको ब्याक्तित्व बिकासको लागि बालकेन्द्रित शिक्षण सिकाई, बालमैत्री भौतिक संरचना, (कक्षाकोठा, बेन्च,) र त्यो अनुरुक शिक्षकहरुको ब्यबस्थापन गरेको बताउनुभयो।

कार्यक्रममा स्कुलकी प्रिन्सिपल सुजिता शाक्यले विषेशत शिक्षण सिकाइ क्रियाकलाप एकतर्फी लेक्चर र नोट लेखाउने जस्ता पराम्परागत अध्यापन गराउने शैलीलाई प्रतिस्थापन गर्दै विद्यार्थीहरुको मनोबिज्ञान र उनिहरुको रुचि अनुरुप उनिहरुको सकृय सहभागिता मुलक पद्धति, श्रब्यदृष्य मुलक पाठ्यसामग्रीहरुको प्रयोग गर्दै शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाएको बताउनुभयो।
२३औं बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुले देशको भिन्नभिन्न संस्कृति झल्काउने गरि नृत्यय गायन, प्रहासनको प्रस्तुती दिएका थिए।









