Jul 28 2026 | २०८३, श्रावण १२ गते

त्रिभुवन बिश्वबिद्यालय: पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा

त्रिभुवन बिश्वबिद्यालय: पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा

  • 843
    SHARES

  • त्रिभुवन बिश्वबिद्यालय: पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा

    माघ, २९ काठमाडौं- त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा सरेको छ। चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भए संगै पत्रकारिता तथा आमसञ्चार केन्द्रिय बिभाग बल्खुमा सरेको हो।

    यसअघि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित उक्त विभागका सबै कार्यक्रम आगामी फागुन ३ गतेदेखि बल्खुस्थित विश्वविद्यालय हाताभित्रको नयाँ भवनबाट सञ्चालित हुने बिभागले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

    त्रिभुवन बिश्वबिद्यालयले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।

    पत्रकारिता तथा आमसञ्चार बिभाग प्रमुख प्रा चिरञ्जीवी खनालले सीमित स्रोतसाधनबीच गुणस्तरीय शिक्षा दिइँदै आएकामा विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना र पूर्वाधार विकास भएको बताए । उक्त भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवासलगायत रहेका छन् । सो भवनको आगामी फागुन २ गते वसन्तपञ्चमीका दिन उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    FB_IMG_1707733658695.jpg

    images
    सोमवार, माघ २९ २०८००४:२३:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार