बुधवार, फाल्गुण २ २०८०
फागुन २ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा स्थायी पदपूर्तिका लागी विज्ञापन खुला गरेको छ। आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो ।
गोरखापत्रमा प्रकाशित सूचना अनुसार आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवाहरुबाट मिति २०८० फागुन २ गतेदेखि अनलाइन दरखस्त पेस गर्न सकिने जनाएको छ। आवेदन दिन आयोगको वेबसाईट http://online.tsc.gov.np/ मा सम्पुर्ण बिवरण भरी दर्खास्त दिनुपर्ने छ।
बिज्ञापनको बिस्तृत बिवरण http.tsc.gov.np मा गएर हेर्न सकिने छ।
