शुक्रवार, फाल्गुण ४ २०८०
फागु, ४ गते काठमाडौं । काठमाडौको चावेलमा अवस्थित मनास्लु वर्ल्ड कलेजले 'विशिष्ट ब्याक्तित्व सम्मान तथा सँस्कृतिक कार्यक्रम' आयोजना गर्ने भएको छ। कलेजले फागुन ६ गते आइतवार नेपाल प्रज्ञा प्रतिष्ठमानमा एक भव्य कार्यक्रमका बिच उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
मनास्लु वर्ल्ड कलेजले आफू शिक्षाका साथै सामाजिक सेवामा पनि समर्पित रहँदै आएका संगीतकार, खेलाडी, संचारकर्मी, शिक्षासेवी, समाजसेवी तथा विद्यालय कर्मचारीलाई सम्मान गर्न लागेको प्रिन्सिपल राजन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा कलेजले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको हातबाट विशिष्ट व्यक्तिहरूको सम्मान गर्ने प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।
उक्त कार्यक्रममा कलेजले यसअघि आयोजना गरेको 'मनास्लु आइडल' , 'मनास्लु डान्सिङ स्टार', र 'मिस्टरर एन्ड मिसेस मनास्लु' को २०८० को ग्र्यान्ड फिनाले हुने बताइएको छ ।
त्यसैगरी कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षमा उत्कृष्ट १० जना विद्यार्थीलाइ पनि कलेजले मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्डद्वारा सम्मान गर्ने प्रन्सिपल श्रेष्ठले बताए ।
कार्यक्रममा गायकहरू कुन्ती मोक्तान, समिक्षा अधिकारी, तृष्णा गुरूङ, सुवानी मोक्तानको प्रस्तुति रहनुका साथै विद्यार्थीहरूले पनि बिभिन्न विधामा प्रस्तुति राख्ने बताइएको छ ।

