Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक प्रतिगमनविरुद्ध’ नागरिक मार्च : नियुक्तिदेखि भर्नासमेतमा हुने भागबन्डा अन्त्य गर्न माग !

शैक्षिक प्रतिगमनविरुद्ध’ नागरिक मार्च : नियुक्तिदेखि भर्नासमेतमा हुने भागबन्डा अन्त्य गर्न माग !

  • 550
    SHARES

  • शैक्षिक प्रतिगमनविरुद्ध’ नागरिक  मार्च : नियुक्तिदेखि भर्नासमेतमा हुने भागबन्डा अन्त्य गर्न माग !

     बृहत् नागरिक आन्दोलनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ । ‘शैक्षिक प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ नाम दिइएको मार्चमा प्राध्यापक–विद्यार्थीले राज्यले सही शिक्षा नीति दिन नसक्दा लाखौं नागरिक बेरोजगारी समस्या बाट पिडित भएको भन्दै आक्रोश पोखे ।


    शैक्षिक मार्चका सहभागी विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा नाराबाजी सहित  सभा गर्दै शिक्षा क्षेत्रका विकृति अन्त्य गर्न माग गरेका थिए ।

    civilsocirtytumarchandclashwithpolice202102150034-1622021030435-1000x0.jpg


    कीर्तिपुर पाँगा दोबाटोबाट सुरु भएको जुलुस त्रिविस्थित उपकुलपति कार्यालय परिसरमा आएर धर्नासहित सभामा परिणत गर्दै  सहभागीले राज्यले नै शिक्षामा निजीकरण र व्यापारीकरण गर्न प्रश्रय दिएकामा असन्तुष्टि जनाए ।

    यसै क्रममा  प्राध्यापक  बालकृष्ण माबुहाङले राणाकालदेखि बहुदल, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रसम्म आउँदा राज्यले राष्ट्रिय शिक्षाको चरित्र स्पष्ट पार्न नसकेको भन्दै आमनागरिकले सीधा सीधा सरोकार राख्ने शिक्षानीति स्पस्ट हुनुपर्ने बताए । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा जनपक्षीय काम गर्न नसकेको सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा संकट उत्पन्न गराएको उनको भनाइ थियो ।

    त्यसैगरी  पूर्वराजदूत विजयकान्त कर्णले राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधानप्रति विश्वास नभएकाले राज्यका हरेक निकायमा प्रतिगमन मौलाएको आरोप लगाए ।

    विद्यार्थी सरोज यादवले नागरिक अगुवासामु त्रिभुवन विश्वविद्यालय अर्धमृत अवस्थामा पुगेको तथ्य प्रस्तुत गरे । उनले भने  विश्वविद्यालयले दिएको शैक्षिक प्रमाणपत्रले  व्यावहारिक शिक्षा र विचार दिन सक्दैन, ।

    हालै  लागू भएको सेमेस्टर वार्षिक प्रणालीभन्दा महँगो रहेको विद्यार्थीहरूले बताए । विद्यार्थी जगत विकले भने, ‘काठमाडौं बसेर त्रिविमा पढ्न मासिक कम्तीमा ३० हजार खर्च लाग्ने भएको छ,’ सामान्य विषय अध्ययन गर्न पनि सेमेस्टरमा मासिक १५/१६ हजार शुल्क लाग्दा विपन्नले छोराछोरी पढाउन नसक्ने अवस्था रहेको यादवले औंल्याए ।

    विद्यार्थी एलिजा ढकालले सरकार र विश्वविद्यालयलाई दर्जनभन्दा बढी प्रश्न गर्दै भनिन, प्राध्यापक कुटिन्छन्, विश्वविद्यालयका पदाधिकारी बोल्दैनन्, छात्रा सुरक्षित छैनन्, विश्वविद्यालय हाताभित्रै दुर्व्यवहार सहर्नुपर्छ कक्षाकोठा, शौचालय, पुस्तकालय, प्रयोगशाला विश्वविद्यालयको जस्तो छैन, यस्तो अस्तव्यस्त कहिले सम्म ? उनले भनिन् पैसा नहुनेहरू कहाँ गएर पढ्ने ?’ पदाधिकारी नियुक्तिदेखि विद्यार्थी भर्नामा समेत हुने भागबन्डा कहिले अन्त्य हुन्छ ? 

    विश्वविद्यालयतर्फ आउँदै गरेको मार्चमा बोकेका ‘शैक्षिक प्रतिगमन’ उल्लिखित बुख्याचा प्रहरीले खोसेको थियो । नाटक प्रदर्शनका लागि ल्याइएका बुख्याचा खोसेपछि आक्रोशित प्रदर्शनकारीले सडकमै धर्ना दिएर सभा गरेका थिए । पछि प्रहरीले फिर्ता गरेपछि कलाकारहरूले नाटक र कवि विनोदविक्रम केसीले कविता वाचन गरेका थिए ।

    श्रोत: कान्तिपुर बाट 

    protesttu-1522021110536-1000x0.jpg

     

    images
    मंगलवार, फाल्गुण ४ २०७७०९:१६:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार