आइतवार, फाल्गुण ६ २०८०
फागुन, ६ गते काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ३ जना सिफारिस भएका छन्। त्रिभुवन बिश्वबिद्धालय उपकुलपति छनोट तथा सिफारिस समिटिको आज बसेको बैठकले सर्ट लिस्टमा परेका १४ जना मध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो।
त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जना थिए। तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो। सर्ट लिस्टमा हालका उपकुलपति शिवलाल भुसाल र पूर्वउपकुलपति तीर्थ खनियाको समेत नाम थियो। उनीहरूलाई सम्भावितका रूूपमा लिइएको थियो। तर समितिहरुले उनीहरुको नाम काटेको छ।
शिक्षामन्त्री नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको जनाएको छ।
उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो । अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।
