Jul 28 2026 | २०८३, श्रावण १२ गते

त्रिवि उपकुलपतिको पदबाहली: पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर कार्यान्वयन

त्रिवि उपकुलपतिको पदबाहली: पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर कार्यान्वयन

  • 686
    SHARES

  • त्रिवि उपकुलपतिको पदबाहली: पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर कार्यान्वयन

    फागुन, १० गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

    नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहालीपछि कुराकानी गर्दै आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।

     “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो। यहाँ धेरै काम गर्नुपर्नेछ भन्दै  शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उहाँको भनाइ थियो ।

     

    images
    बिहिवार, फाल्गुण १० २०८००७:३३:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार