आइतवार, फाल्गुण १३ २०८०
फागुन, १३ गते आइतबार । काठमाडौ महानगरपालिका वडा १४ कुमारी क्लब बल्खुमा अवस्थित ग्रीन लन्स (Green Lawns) एकेडमीले अभिभावक दिवस (parents Day) सम्पन्न आयोजना गरेको छ। बिगत २६ बर्ष देखि एउटा ईतिहास बोकेको यस स्कुलले शनिवार त्रिभुवन बिश्वबिद्धालयको स्मृति भवनमा एक भव्य कार्यक्रमका बिच अभिभावक भेला सम्पन्न गरेको हो।

स्कुलका अध्यक्ष मोहनकुमार बस्नेतको सभापतित्वमा काठमाडौ महानगरपालिका वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ प्रमुख अतिथि, लगाएत स्कुल प्राचार्य भीष्म पाण्डे, कुमारी क्लब का अध्यक्ष रामकुमार बस्नेत, स्थानिय बौद्धिक ब्याक्तित्व तथा अभिभावकहरुको बिशेष उपस्थिति रगेको थियो।

अभिभावक भेलामा स्कुलका प्राचार्य भीष्म पाण्डेले स्वागत मन्तव्य दिनुभयो। प्राचार्य पाण्डेले आफ्नो नानिबाबुहरुले गर्ने विभिन्न सांस्कृतिक नृत्य, गायन लगाएतका क्रियाकलापहरु हेर्न अभिभावकलाई अनुरोध गर्नुभयो। उहाँले ग्रीन लन्स एकेडेमी कमर्सियल शैक्षिकसंस्था नभईकन सामाजिक उत्तरदायित्व बहन गरि संचालनमा रहेको बताउनुभयो।

सुरुमा १०८ जना विद्यार्थीहरुबाट शुरु गरेको आज मिहिनेत गर्दागर्दै हामी संग ६ सय बढी विद्यार्थी छन् भन्दै विद्यार्थीहरुको शैक्षिक सफलता र गुणस्तरीय शिक्षा दिइरहेको कारण आज अवस्थामा आएको बताउनुभयो ।
ग्रीन लन्स एकेडमीबाट Pass Out विद्यार्थीहरु समाजको विभिन्न ठाउहरुमा आफ्नो पेशागत रुपमा समाज सेवा गरिरहेको भन्दै हरेक बर्ष बिद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । २०७१ को SLC मा अदित्य कुमार झाले ९३.२५% अंक ल्याई बोर्ड टप गरेकोप्रसंग जोड्दै हरेक बर्ष विद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याउने गरेको बताउनुभयो ।

अभिभावक भेलामा बोल्दै प्रमुख अतिथि तथा महानगर १४ का वडा अध्यक्ष सुमन श्रेष्ठले शिक्षा संगसंगै सीप र संस्कारलाई जोड्नुपर्ने बताउनुभयो। उहाँले शैक्षिक गुणस्तरमा काठमाडौ बर्नहार्टको आफ्नै स्थान रहेको भन्दै गुणस्तरमा अझै बढी ध्यान दिन सुझाव दिनुभयो। साथै बालबालिकाहरुलाई दबाब नदिने कुरामा बिद्यालयले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो।

कतिपय बिद्यालयहरुले बिशुद्ध नाफा मात्रै कमाउन लागेको भन्दै उहाँले भौतिक संरचना देखाउने, सुइमिङ पुल समेत बनाएको देखाएर महंगो शुल्क अशुल्ने देखि अभिभावकहरु सतर्क रहनुपर्ने बताउनुभयो। त्यस मामुलामा ग्रीनलन्स एकेडेमी नमुनाको रुपमा रहेको धारणा व्यक्त गर्नुभयो।
ग्रीन लन्स एकेडेमीले बालबालिकाकेन्द्रित, र सिपमुलक शिक्षण सिकाई क्रियाकलाप तथा नैतिक शिक्षा पढाईरहेको सुन्दा खुसी लाग्ने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा स्कुलका अध्यक्ष मोहन बस्नेतले बिदेश जाने शिक्षा होइन देशमै बसेर केहि गरौ भन्ने जनशक्ति निर्माण गर्ने उदेश्य रहेको बताउनुभयो । उहाँले अभिभावको इच्चा र विद्यार्थीगरुको मनोबिज्ञान के हुन सक्छ त्यो अनुरुप शैक्षिक बाताबरण निर्माण गरेको बताउनुभयो। विद्यार्थीको ब्याक्तित्व बिकासमा ध्यान दिई अहिलेको आवस्यकता अनुरुप कक्षाकोठा, एडभान्स ल्याब, सेमिनार हलको निर्माण भैरहेको जानकारी दिनुभयो।

पैसाको लागि होइन पढ्नबाट कुनै विद्यार्थी बञ्चित हुनुहुदैन भनेर त्यो अनुरुप हामिले तयारी गरेका छौ। हामिले आर्थिक रुपमा बिपन्न विद्यार्थीहरुलाई नि:शुल्क पढाइरहेका छौ अध्यक्ष बस्नेतले भन्नुभयो।
कार्यक्रममा कुमारि क्लबका अध्यक्ष राम कुमार बस्नेतले २६ बर्षको इतिहासमा स्कुलले गरेको शैक्षिक प्रगती र सामाजिक कार्यप्रती खुसी ब्यक्त गर्नुभयो। असल पुस्ता निर्माण हाम्रो अभियान भन्ने मुल नारा रहेको यो स्कुल अब कलेजको रुपमा समेत देख्ने चाहना रहेको उहाको धारणा थियो।
अभिभावक दिवसको अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो भने स्कुलका शिक्षक कर्मचारीहरुलाइ समेत पुरस्कृत गरिएको थियो।











