Jul 27 2026 | २०८३, श्रावण ११ गते

लिटिल क्लाइम्बर्स स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न

लिटिल क्लाइम्बर्स स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न

  • 1.9K
    SHARES

  • लिटिल क्लाइम्बर्स स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न

    फागुन, १४ गते काठमाडौं । नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बालविकास एनसीमास संस्थासंगको सहकार्यमा मंगलबार प्रतियोगीता सम्पन्न गरिएको हो ।

    अभिभावक र विद्यार्थीको उल्लेख्य सहभागीतामा सम्पन्न प्रतियोगीतामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरु सहभागी भएका थिए । जसमा बस्मरण पौडेल प्रथम, प्रनिस कार्की दोस्रो, रोचक पौडेल तेस्रो र शषिरत खड्का चौथो भएका छन् । प्रतियोगीतामा विजयी भएकाहरुले पुरस्कारसमेत पाएका थिए ।

    received_2067761720246193.jpeg

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिलिप रेग्मीले आफ्नो विद्यालयमा अबाकस लागु गराउँदाको समय स्मरण गर्दै त्यसबेला धेरै व्यक्ति यसबाट अनविज्ञ रहेको बताए । विद्यालयले केही वर्षदेखि यसलाई लागु गराउँदै आएको भन्दै उनले आगामी दिनमा यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

    बाल बिकास एनसीमासका तेजु नेपालले क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा अबाकस लागु गराउँदा बखतको अवस्था स्मरण गरे भने यो विद्यालयमा लागु गरिएपछि अरु विद्यालयले पनि यसलाई अनुसरण गर्दै लगेको बताए । विद्यालयका भाईस प्रिन्सिपल कविता नेपालले अबाकसले बालबालिकाहरुमा निक्कै सहयोग पुर्याईरहेको बताईन् ।

    received_1094343875046482.jpeg

    यसले स्मरण शक्तिमा पनि निक्कै सुधार गरेको भन्दै उनले बालबालिकाहरु थप सक्रिय बन्न मद्धत गरेको र अभिभावकहरु पनि खुशी भएका बताईन् ।

    अभिभावकहरु पनि अबाकसका कारण आफ्ना बालबालिकामा आएको परिवर्तन देखेर खुशी छन् । बालबालिकाको मस्तिस्कमा यसले निक्कै ठूलो सहयोग पुर्याईरहेको उनीहरु बताउँछन् ।

    received_287799084124657.jpeg

    विद्यार्थीहरुले पनि आफूहरुमा आएको परिवर्तन देखेर अबाकस अति आवश्यक रहेछ भन्ने बुझेका छन् । उनीहरुले अबाकसका कारण आफूहरुको शैक्षिक सिकाईमा निक्कै ठूलो सहयोग पुगिरहेको बताएका छन् ।

    received_1077488813542656.jpeg

    शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

    received_412216294714497.jpeg

     

     

    images
    सोमवार, फाल्गुण १४ २०८००९:१९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार