मंगलवार, फाल्गुण १५ २०८०
फागुन, १५ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (MA & PGD) तहको भर्नाको लागि पुनः प्रवेश परीक्षा हुने भएको छ । बिश्वबिद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।
पुन: प्रवेश परिक्षाका लागि आवेदन फारम भर्ने विद्यार्थीगरु फागुन २३ गतेसम्म entrance.tufohss.edu.np टाइप गरि New students Registration बाट आफुले भर्न चाहेको बिषय तथा अध्ययन गर्न चाहेको बिभाग/क्याम्पस/कार्यक्रमका लागि अनलाइन आवेदन फारम भर्न सकिने डीनको कार्यालयले जनाएको छ ।
साथै स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।
आवेदन दस्तुर ३ हजार रूपैयाँ अनलाइन मार्फत नै बुझाउनुपर्नेछ । प्रवेश परीक्षामा सम्बन्धित विषयको स्नातक तहको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० सोधिनेछन् । प्रवेश परीक्षाको नतिजा फागुन २९ गते प्रकाशन गरिनेछ ।
पुन: प्रवेश परिक्षाको लागि यहाँ क्लिक गर्नुस।

