बुधवार, फाल्गुण १६ २०८०
फागुन, १६ गते काठमाडौ । उत्तर-पश्चिम संस्थागत बिद्यालयहरुको संगठन- नोप्सो (North-Wetern Private Schools' organization) ले एसईई हाजिरिजवाफ (SEE Quiz) प्रतियोगिता आयोजना गरेको छ। मंगलबार काठमाडौ महानगरपालिका वडा १५ बिजेश्वरिमा अवस्थित द सनसाइन स्कुलमा उक्त प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा नोप्सेमा आबद्ध १२ वटा बिद्यालयका कक्षा १० का विद्यार्थीहरु सहभागी रगेका थिए।
नोप्सो द्वारा आयोजित SEE Quiz Compitition मा 'द एक्सेल पब्लिक स्कुल'का आकृति खड्का, गोविन्द शाह र प्रकृति शाहले पहिलो स्थान हात पारे । त्यस्तै 'चेतना सदन स्कुल'का आभास खत्री ,सकरिम थापा र रजनी रानाले दोस्रो स्थान, 'पिपुल्स फ्रेन्ड्सिप एकेडमी'का रुबि कुमारी गुप्ता, सनम भोटे, शुसन चौधरीले तृतीय स्थानर र 'जेम्स स्कुल'का रिजन महर्जन, योगेश अधिकारी, एन्जल श्रेष्ठले प्रोत्साहन पुरस्कार हासिल गरे।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार पाउने विद्यार्थीहरुले ट्रफी, मेडल तथ प्रमाणपत्र पाएका थिए।
हाजिरीजवाफ प्रतियोगिताको समापन कार्यक्रम नोप्सोका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि काठमाडौ महानगरपालिका वडा १५ का अध्यक्ष इश्वरमान डंगोल, बिशिस्ट अथिथी मोटिभेशनल स्पिकर इश्वर श्रेष्ठ, सल्लाहकार तथा नागर्जुन नगर प्याब्सनका अध्यक्ष वासुदेव घिमिरे बाबुराम गौतम, सचिव हरि बिक्रम खड्का, जयसिंह धामी, लगाएत विभिन्न स्कुल कलेजका प्रिन्सिपल, डाइरेक्टर, कोर्डीनेटरहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा मोटिभेशन स्पिकर इश्वर श्रेष्ठले एसईई दिने विद्यार्थीहरुलाई एक महिनाको समयमा पढ्ने र परिक्षामा लेख्ने तरिकाको बारे उत्प्रेरित मन्तव्य ब्यक्त गरे।
कार्यक्रममा विभिन्न बक्ताहरुले विद्यार्थीहरुको सर्बाङिण बिकासका लागि नोप्सोले हरेक बर्ष विभिन्न रचनात्मक क्रियाकलाप तथा खेलकुद कार्यक्रमको निरन्तरता दिने धारणा ब्यक्त गरे। उनिहतुले विद्यार्थीहरुले सकारात्मक सोचको बिकास गर्नुपर्ने भन्दै नजिकिदै गरेको एसइईलाई ध्यान दिदै विद्यार्थीहरुलाई गम्भीर भएर पढ्न र नहडबडाएर परीक्षा दिन उत्साहित बनाए।

कार्यक्रममा नोप्सोका सल्लाहकार तथा द सनसाइन स्कुल/कलेजका प्रिन्सिपल बाबुराम गौतमले स्वागत मन्तव्य दिए। साथै द सनसाइन स्कुल/कलेजका भाइस प्रिन्सिपल तेज प्रसाद भन्डारिले संचालन गरे।



