शनिवार, फाल्गुण १९ २०८०
फागुन, १९ गते काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेका छ ।
आयोगबाट मंसिर ९ गते लिइएको माध्यमिक तह, प्रथम श्रेणी शिक्षक बढुवाको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो ।
साथै शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० को उपनियम (१) बमोजिम अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको रोल नम्बरको क्रमानुसार नतिजा प्रकाशन गरिएको जनाएको छ ।



