आइतवार, फाल्गुण २० २०८०
फागुन २० गते काठमाडौँ । काठमाडौको सानोभर्याङ्मा अवस्थित लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। शनिबार बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरि १७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।

उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल दिलिप रेग्मिको सभापतित्व र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक कविता नेपाल, नोप्सो अध्यक्ष राज कुमार श्रेष्ठ, सानका उपाध्यक्ष प्रकाश मरासिनी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक तथा प्रतिष्ठित व्यक्तित्वहरू, अभिभावक तथा शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बैकुण्ठ मानन्धरले आज भन्दा ४८ बर्ष अगाडि अमेरिकामा खेल्नको लागि गएको कुरा सम्झिदै हिजो जस्तो पढाइ मात्रै होइन आजको युगमा खेलेर समेत देशलाई र आफुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभयो। उहाँले आफू अमेरिका खेल्न जाँदा अब बैकुण्ठ नेपाल फर्किदैन भन्ने चर्चा चलेको तर आफू जहिले देशको लागि खेल्ने प्रण गरेको भन्दै आजको विद्यार्थीहरु समेत आफ्नै देशमा बसेर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल दिलिप रेग्मिले बालबालिकाहरुलाई अभिभावकहरुले प्रसस्त समय दिनुपर्ने भन्दै उनिहरु संगै खेल्न र गृहकार्यमा सघाउनुपर्ने बताउनुभयो। बालबालिकाहरु देखासिखी र सामाजिक संजालको गलत प्रयोगका कारण बिग्रेको भन्दै मोबाइलको गलत प्रयोग गरे नगरेको निगरानी गर्नुपर्ने बताउनुभयो।

विद्यार्थी हरु पढ्न रुचि गर्दैन, लेख्न झन मन गर्दैनन् र सुन्दैनन पनि भन्ने गुनासो आउने गरेको भन्दै सबैकुराहरुको बिकल्प भए जस्तै बालबालिकाको रुचि अनुरुप अभिभावक र शिक्षकहरुले व्यबहार गर्नुपर्ने बताउनुभयो। लिटिल क्लाइम्बर्स स्कुल इसिए एक्टिभिटीमा अगाडि छ, शिक्षण सिकाइमा कुनै पनि कमजोरी नरहेको र त्यसमा मामुलामा अभिभावक पनि चनाखो रहेको भन्दै अभिभावकहरुको प्रसंसा समेत गर्नुभयो।

आजभोली मन्टेस्वरी शिक्षाको नाममा अभिभावक हरु जुक्किने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, मन्टेस्वरी भनेको पढाउने पद्धति हो। छुट्टै स्कुल, छुट्टाछुट्टै बिल्डिङ हुदैना मन्टेस्वरी हुदैन। बरु प्राक्टिकली हामी पढाइ रहेका छौ।

अभिभावक दिवसमाको अवसरमा सानका उपाध्यक्ष प्रकाश मारासिनिले बालबालिका भनेको काचो माटो हुन भन्दै बालबालिकालाइ समय दियौ भने हामिले बनाउन चाहे जस्तो बन्ने बताउनुभयो। शिक्षा चित्र र चरित्र एउटै बनाउनु पर्छ। घरपरिवार को समय, संगत र मोबाइल विशेष ध्यान दिनुपर्छ। मरासिनीले भन्नुभयो, बाहिर हेर्दा साधारण देखिएपनी विद्यार्थीहरुको कला, सिर्जनाहरु असाधारण हुन्छन् त्यसलाई चिन्न सक्नुपर्छ ।

अभिभावक दिवस कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाइ नगद पुरस्कार तथा मेडल प्रमाणपत्र बितरण गरिएको थियो। साथै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको बेजोड प्रस्तुति दिएका थिए। साथै राष्ट्रिय कलाकार सुमन बिटिले विभिन्न गित हरु गाएर मनोरञ्जन प्रदान गरेका थिए।







