आइतवार, फाल्गुण २० २०८०
फागुन, २० काठमाडौ । काठमाडौ महानगरपालिका अन्तर्गत बालाजुमा अवस्थित नेशन मोडल ईंग्लिश सेकेण्डरी स्कूलले २०औँ अभिभावक दिबस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। शनिवार कान्तिपुरी एबि पार्टी प्यालेस नेपालटारमा आयोजित एक भब्य कार्यक्रमका बिच उक्त बिद्यालयले २०औं अभिभावक दिवस मनाएको हो।

नेशनल मोडेल स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा स्कुल ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र भक्त तिवारि सभापति र प्याब्सन काठमाडौका जिल्ला अध्यक्ष तथा साहित्यकार प्रेम कुमार राईको प्रमुख अतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा बिद्यालयका प्राचार्य डिएन अधिकारी, निर्देशक राम प्रसाद अर्याल, लगाएत बौद्धिक ब्यक्तित्व, समाजवेसी, गायक र शिक्षक अभिभावकहरुको उपस्थिति रहेको थियो।

काठमाडौको उत्तरी भेगमा एक हजार विद्यार्थी रहेको उक्त बिद्यालय उत्कृष्ट र नमुना बिद्यालयको रुपमा स्थापित छ। मन्टेश्वरी बिधिबाट पठनपाठन र अन्य शैक्षिक क्रियाकलापमा अब्बल रहेको उक्त बिद्यालयले संस्कार सहितको शिक्षा दिइरहेको छ। साथै स्कुलले हरेक बर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा साहित्यकार प्रेम प्रशिक्षित राईले नेशनल मोडेल स्कुल काठमाडौकै एक नम्बरमा आउने बताउनुभयो। शैक्षिक गतिविधि मात्रै नभई खेलकुद लगाएत अन्य अतिरिक्त क्रियाकलापमा स्कुल अब्बल रहेको बताउनुभयो।

कार्यक्रममा प्राचार्य डिएन अधिकारिले संस्कार सहितको शिक्षा दिने एक मात्रै बिद्यालय नेशलन मोडेल स्कुल भएकोले अभिभावकहरुले बिस्वास गरेको बताउनुभयो। विद्यार्थीहरुको रुचि अनुरुप नियमित रुपमा पठनपाठन मात्रै नभै विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक बिकासका लागि खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरु (सह-पाठ्यक्रम गतिविधि) मा समेत बिशेष केन्द्रित गरेको र जसले गर्दा विद्यार्थीहरुमा अत्यन्तै सकारात्मक बिचारको बिकास हुने गरेको बिद्यालयका प्राचार्य डिएन अधिकारीले बताउनुभयो।

अभिभावक दिवसको औपचारिक कार्यक्रमको संचालन बिद्यालयका आर्थिक बिभाग प्रमुख दोर्ण अधिकारिले संचालन गर्नुभयो। भने अनौपचारिक कार्यक्रम विद्यार्थीहरुले रोटेसन मिलाएर गरेका थिए। अभिभावक भेलाको अवसरमा आयोजित उक्त कार्यक्रममा १५ बर्ष देखि कार्यरत शिक्षक कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो।

उक्त कार्यक्रममा खेलकुद सप्ताहमा उत्कृष्ट खेल प्रदर्सन गर्ने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र बितरण गरेको थियो। साथै अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र बितरण गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य, गायन तथा प्रहसन प्रस्तुत गरेका थिए भने विभिन्न राष्ट्रिय गायकहरुले आफ्नो प्रस्तुति पस्केका थिए।

अभिभावक भेलामा विद्यार्थी, शिक्षक तथा अभिभावक गरि करिब२४ सय जनाको उपस्थिती रहेको थियो।














