मंगलवार, फाल्गुण २२ २०८०
फागुन, २२ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ ।आयोगले गत फागुन २ गते प्रकाशित गरेको विज्ञापन संशोधन गरेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयका पदहरु थप घट भएकोले साविकका पदमा केही पद थप गरेको उल्लेख छ।
शिक्षक सेवा आयोगले नेपालीमा ३, अंग्रेजीमा ८, गणितमा ५, विज्ञानमा ५, सामाजिकमा ३ पद थप गरेको भएपनि समावेशी तर्फ एक पद घटाएको हुँदा २ पद र गणित विज्ञान विषयमा ७ पद थप गरेको छ ।
यसअघि आयोगले गरेको पहिलो विज्ञापनमा ७७७ जना शिक्षक छनोटका लागि विज्ञापन गरेकोमा संशोधन गर्दै हाल ८०७ संया पुगेको छ।
नयाँ विज्ञापन अनुसार नेपाली विषयका लागि १२०, अङ्ग्रेजीका लागि १८४, गणितका लागि १३३, विज्ञानका लागि १६८, सामाजिकका लागि १२४, गणित–विज्ञानका लागि ७२ पद भएको छ भने अन्य विषय यथावत रहेका छन् । त्यसमध्ये, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १ संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७७ रिक्त पदका लागि आवेदन माग गरेको छ ।
नियमित दस्तुरमा चैत १ गते सम्ममा र दोब्ब र दस्तुर तिरी चैत ८ गतेसम्म आवेदन लिने गरी आवेदन माग गरेको हो ।



