Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिद्यालयमा दिवा खाजा: गाउँकै स्थानिय परिकार कोदो र मकै अनिवार्य

बिद्यालयमा दिवा खाजा: गाउँकै स्थानिय परिकार कोदो र मकै अनिवार्य

  • 708
    SHARES

  • बिद्यालयमा दिवा खाजा: गाउँकै स्थानिय परिकार कोदो र मकै अनिवार्य

    फागुन, २४ बाजुरा । बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूमा दिइने दिवा खाजामा अनिवार्य गाउँमै उत्पादन भएको परिकार खुवाउने गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानिय स्तरमा उत्पादन गरिएको कोदो,मकै लगायतका परिकार बनाएर खुवाउँनु पर्ने निर्णय गरेको हो ।

    स्थानिय स्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रबर्द्धन गर्न नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको अनिवार्य कोदो, मकै लगाएत परिकार खुवाउँने निर्णय गरिएको नगरप्रमुख अमर खड्काले बताए।

    नगरपालिकाले नेपाल सरकारले दिदै आएको दिवा खाजालाई थप प्रभावकारी बनाउन र गाउँमै उत्पादन गरिएको कोदोको प्रबर्द्धन गर्न नगरपालिकाले यस्तो निर्णय गरेको खड्काले बताए । रैथाले बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्य सहीत नगरले लिएको नीति अबलम्बन गरी नगरभित्रका २५ वटा सामुदायिक विद्यायलयमा गाउँमा उत्पादन गरिएको रैथाने बाली कोदोको परिकार बनाउने गरिएको उनको भनाइ थियो

    बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढाउन नेपाल सरकारले दिदै आएको दिवा खाजा सुविधा प्रारम्भिक बालविकास कक्षा देखी कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाहरुले दिनको एक पटक दिउँसो पाईरहेका छन् ।

    बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका २८ सय ५८ बालबालिका दिवा खाजा खाईरहेका छन् । नगरपालिकाले दुई लाख ७५ हजारको बजेट दिवा खाजाका लागि छुट्याएको छ। दिवा खाजा कार्यक्रमले गर्दा बिद्यार्थीहरु निरन्तर विद्यालयमा आउने बानीको बिकास भएको र बिद्यार्थीको अनुपस्थित दर घटेको बताइएको छ।

    images
    बिहिवार, फाल्गुण २४ २०८००७:०३:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार