Jul 27 2026 | २०८३, श्रावण ११ गते

फ्युचर स्टार स्कुलको छैटौं बिज्ञान प्रदर्शनी तथा मेला सम्पन्न

फ्युचर स्टार स्कुलको छैटौं बिज्ञान प्रदर्शनी तथा मेला सम्पन्न

  • 1.1K
    SHARES

  • फ्युचर स्टार स्कुलको छैटौं बिज्ञान प्रदर्शनी तथा मेला सम्पन्न

    फागुन, २७ गते काठमाडौ । फ्युचर स्टार इङ्लिस सेकेन्डरी सकुलले छैटौं बिज्ञान प्रदर्शनी तथा मेला सम्पन्न छ। काठमाडौको छाउनीस्थित उक्त स्कुलले शनिवार बिद्यालयमा आधारभुत तह देखी कक्षा १० सम्मका विद्यार्थीहरुले पढाइ संगसंगै गरेका अन्य रचनात्मक क्रियाकलाप तथा कामहरुको प्रदर्शनी (exhibition) गरेको हो।

    FB_IMG_1710041629583.jpg

    उक्त बिद्यालयले हरेक बर्ष यस्तो प्रदर्शनी गर्दै आएको छ। छैटौं बिज्ञान प्रदर्शनी तथा मेला २०८० मा अभिभावक, सामाजिक ब्याक्तित्वहरु संगै स्थानिय भद्र भलाद्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

    FB_IMG_1710041635344.jpg

    बिज्ञान प्रदर्शनी तथा मेलामा बिद्यालय प्राचार्य मनोज श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथी प्रतिनिधि सभा सांसद गंगा बेलबासेको प्रमुख अतिथ्यतामा सम्पन्न भयो। उक्तकार्यक्रम स्कुलको शिक्षक प्रतिभा पाण्डेले संचालन गर्नुभयो। साथै प्रोसन राज भण्डारी बिज्ञान प्रदर्शनी तथा मेलाको संयोजक हुनुहुन्थ्यो।

    FB_IMG_1710041632882.jpg

    बिज्ञान प्रदर्शनी तथा मेलामा विद्यार्थीले बनाएका विभिन्न प्रकारका कला र शिल्प, पेन्टिङ, प्रोजेक्ट वर्क पोर्टफोलियो, शैक्षिक सामाग्री र डकुमेन्ट्रीहरुको प्रदशनी गरेको थियो।

    20210531214321_IMG_7917.JPG

    यस्तो प्रदर्शनी तथा मेलाबाट विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि हुने र सर्बांगिण बिकासको लागि उत्प्रेरित गर्ने प्राचार्य मनोज श्रेष्ठले बताउनुभयो।

    20210531214506_IMG_7932.JPG

    यस्तो प्रदर्शनीबाट अभिभावकहरुले आफ्नो बालाबालिकाहरु बिद्यालयमा गएर के के गर्छन भन्ने कुरा अवलोकन गर्दछन र आफ्नो छोराछोरीहरुको सिर्जना देखेर खुशी हुन्छन् । यस्ता प्रर्दशनले उनिहरुको अन्तर्निहित क्षमताको पहिचान गर्ने मौका पाउने भएकोले अभिभावकहरुलाई समेत बोलाएर बृहत् रुपमा प्रदर्शनीको अवलोकन गर्ने गरेको प्राचार्य श्रेष्ठले बताउनुभयो। यो प्रदर्शनी विद्यार्थीहरुको लागि Exposure को राम्रो माध्यम बन्ने बिश्वास ब्यक्तगर्नुभयो।

    20210531213005_IMG_7907.JPG

    अभिभावकहरु हरेक स्टलमा राखेका चित्र, पेन्टिङ, लगाएत अन्य कला तथा सामाग्रीहरुको अवलोकन गर्दै आफ्नो बालबालिकाले बनाएका प्रोजेक्टहरु देखेर दंग देखिन्थे भने विद्यार्थीहरु आफुले सिर्जना गरेका प्रोजेक्टहरुको बारे अवलोकन गर्न आएका बिशिस्ट अतिथी तथा अभिभावकहरुलाई  सभ्यरुपमा ब्याख्या गरिरहेका देखिन्थे।

    FB_IMG_1710041644954.jpg

    20210531214746_IMG_7937.JPG20210531214615_IMG_7934.JPG20210531214810_IMG_7940.JPG20210531213159_IMG_7916.JPG20210531212747_IMG_7902.JPG20210531212528_IMG_7890.JPG

    images
    आइतवार, फाल्गुण २७ २०८०१०:३४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार